काठमाडौं । इनड्राइभले नेपाली नयाँ वर्षमा आफ्नो डेलिभरी सेवा इनड्राइभ कुरियर्सप्रति उल्लेखनीय रूपमा माग बढेको जनाएको छ । विशेषगरी साना तथा मध्यम व्यवसायहरूले उक्त वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका बताइएको छ ।
कम्पनीका अनुसार इनड्राइभ कुरियर्स एक अन-डिमाण्ड डेलिभरी सेवा हो, जसले व्यक्तिहरू र व्यवसायहरूलाई छिटो, भरपर्दो र पारदर्शी रूपमा सामान पठाउन कुरियर सेवासँग जोड्छ । सेवामार्फत् ग्राहक र कुरियरबीच सिधै सहमतिमा उचित भाडा निर्धारण गरी शहरभित्र पार्सल पठाउन सकिन्छ । औसतमा कुरियरहरू पाँच-छ मिनेटमै पिकअप स्थानमा पुग्छन् भने ४० सेकेण्डभन्दा कम समयमा अर्डर मिलान हुन्छ ।
औसत डेलिभरी दूरी करिब छ किलोमिटर रहेको छ । इनड्राइभको आन्तरिक तथ्यांकअनुसार सन् २०२५ को नेपाली नयाँ वर्षको अवधिमा डेलिभरी अर्डर संख्या अघिल्लो वर्षको तुलनामा दुर्ई सय प्रतिशतभन्दा बढीले बढेको थियो भने कुल प्रयोगकर्ता संख्या र साना तथा मध्यम व्यवसाय(एसएमबी) साझेदारहरू, जसमा स्थानीय पसल, अनलाइन बिक्रेता र घरबाट सञ्चालन हुने व्यवसाय समावेश छन्, दुवैमा उल्लेखनीय वृद्धि भएको देखिएको छ । अघिल्लो वर्षको तुलनामा सक्रिय व्यवसाय प्रयोगकर्ता संख्या २.६ गुणाले बढेको छ, जसले साना व्यवसायमा डेलिभरी सेवा प्रयोग तीव्र रूपमा बढिरहेको संकेत गर्छ । सो अवधिमा प्रयोगकर्ताहरूले कपडा, दैनिक उपभोग्य सामग्री, खाना, स्पेयर पार्ट्सदेखि बाकस तथा अन्य पार्सलसम्म विभिन्न सामान पठाउन प्लेटफर्म प्रयोग गरेका थिए ।
इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रिता पोखरेलले भन्नुभयो, ‘नेपाली नयाँ वर्ष साना व्यवसायका लागि अत्यन्त महत्त्वपूर्ण समय हो, जहाँ उनीहरूको वार्षिक बिक्रीको ठूलो हिस्सा यसै अवधिमा हुने गर्छ । हामीले थप उद्यमीले छिटो र उचित शर्तमा आफ्ना ग्राहकसम्म पुग्न इनड्राइभ कुरियर्समा निर्भर हुँदै गएको देखिरहेका छौं ।’ उहाँका अनुसार अर्डर संख्यामा काठमाडौंले अग्रणी भूमिका खेलेको छ । पोखरा र भरतपुरजस्ता शहरहरूमा पनि विस्तार भइरहेको छ । जसले नेपालमा डेलिभरी सेवा क्षेत्रमा इनड्राइभको सुदृढ उपस्थिति र नेपाली नयाँ वर्षजस्ता व्यस्त समयमा यसको बढ्दो महत्त्वलाई देखाउँछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि