काठमाडौं । आफ्ना चालक समुदायलाई सशक्त बनाउने प्रयासअन्तर्गत याङ्गोले काठमाडौंमा महिला पार्टनर चालक तथा कुरियरका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । उक्त पहलमार्फत् नेपालको बढ्दो मोबिलिटी क्षेत्रमा महिला सशक्तीकरण र आर्थिक समावेशिताप्रति कम्पनीको प्रतिबद्धता पुनः पुष्टि भएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रम महिला पार्टनर चालक तथा कुरियरहरूलाई आफ्नो व्यक्तिगत वित्त व्यवस्थापन गर्न आवश्यक व्यावहारिक ज्ञान र उपयोगी उपकरण उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बजेट बनाउने, बचत गर्ने, वित्तीय योजना बनाउने तथा दीर्घकालीन आर्थिक आत्मनिर्भरजस्ता मुख्य विषयमा जानकारी प्रदान गरिएको थियो, जसले सहभागीहरूलाई आफ्नो आर्थिक आत्मनिर्भरता अझ बलियो बनाउन सहयोग पुर्याएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार राइड-हेलिङ क्षेत्रमा काम गर्ने महिला चालकहरूले प्रायः अनियमित आम्दानी र वित्तीय योजनासम्बन्धी स्रोतमा सीमित पहुँचजस्ता चुनौती सामना गर्ने गर्छन् । कार्यक्रममार्फत् याङ्गो नेपालले चुनौती समाधान गर्न सहयोग गर्दै सो क्षेत्रमा कार्यरत महिलाहरूको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रम फाइनान्सियल एक्सपर्ट ग्रेस रौनियारले सञ्चालन गर्नुभएको थियो, जहाँ महिला चालक तथा कुरियरहरूको दैनिक आर्थिक आवश्यकता ध्यानमा राखेर व्यावहारिक सुझाव र मार्गदर्शन प्रदान गरिएको थियो । याङ्गो नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले भन्नुभयो, ‘याङ्गोमा हामी सधैं आफ्ना पार्टनर चालकहरूको दैनिक जीवनमा सहयोग पुर्याउने उपायहरू खोजिरहेका हुन्छौं । यो सत्र विशेष रूपमा हाम्रा महिला चालक तथा कुरियरहरूका लागि तयार गरिएको हो । वित्तीय साक्षरता कार्यक्रममार्फत् उनीहरूलाई सुरक्षित आर्थिक भविष्य निर्माण गर्न आवश्यक ज्ञान र आत्मविश्वास प्रदान गर्ने हाम्रो उद्देश्य हो ।’ कम्पनीका अनुसार कार्यक्रम याङ्गोले सञ्चालन गर्ने बजारहरूमा समुदाय सशक्तीकरण गर्ने पहलको एक हिस्सामात्र नभई महिला आर्थिक सशक्तीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने प्लेटफर्मका रूपमा आफ्नो पहिचान अझ मजबुत बनाउने प्रयास पनि हो । साथै चालक तथा कुरियरहरूको सन्तुष्टि बढाउने कम्पनीको दीर्घकालीन उद्देश्यलाई पनि प्रतिबिम्बित गर्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि