काठमाडौं । अदालतको आदेशसँगै नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचन मिति धकेलिएको छ । महासंघले उच्च अदालत पाटनको अन्तरिम आदेशपछि स्थगित भएको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी वैशाख २१ र २२ गते गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको महासंघ पदाधिकारी बैठकले अदालती विषयमा कानुनी परामर्श गर्दै नयाँ मिति तोकिएको जनाएको छ ।
बैठकको निर्णय अनुमोदनका लागि वैशाख ९ गते केन्द्रीय (कार्यकारिणी) समितिको बैठक बोलाइएको छ । यसअघि चैत २९ र ३० गतेका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनको आदेशले रोकिएको थियो । वस्तुगततर्फको सदस्य पेट्रोलियम ढुवानी महासंघको उजुरीपछि अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।
विभिन्न १८ वस्तुगत संघहरूको सदस्यता विवादका कारण उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेपछि १८ वस्तुगत सदस्य संघहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै वस्तुगत संघबिनाको महासंघको साधारणसभा गैरकानुनी भएको बताएका थिए । १८ वस्तुगत संघहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै महासंघको वर्तमान नेतृत्व र निर्णय प्रक्रियाप्रति प्रश्न उठाएका थिए ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि