भाेजपुर । संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ९, तुम्लिङटार स्थित कोशी राजमार्गमा शनिबार अपराह्न भएको ट्याक्टर दुर्घटनामा बालकको मृत्यु भएको छ । घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीका अनुसार तुम्लिङटार बाट खाँदबारीतर्फ जाँदै गरेको को२त ५३५४ नम्बरको ट्याक्टर दिउँसो सवा चारबजे तिर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनालगत्तै विमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट प्रहरी सहायक निरीक्षक बलबहादुर भुजेलको कमाण्डमा खटिएको टोली र नेपाली सेनाको इन्द्र दल गुल्मका सेनाले घाइतेको उद्धार गरेका थिए ।
उद्धारपछि घाइते तीनै जनालाई तत्काल मनकामना अस्पताल तुम्लिङटार पठाइएको थियो। घाइतेमध्ये खाँदबारी–९ तुम्लिङटार निवासी ११ वर्षीय मनीष कुमालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमाल गम्भीर घाइते भएका छन्।
दुर्घटनापछि ट्याक्टर चालक खाँदबारी–९ सागुरी निवासी २० वर्षीय सुसान लिम्बु फरार छन्। उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा टोली खटिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि