कहिलेकाहीँ मन, तोरीको पोको छरिए जस्तै हुन्छ, समेट्नै गाह्रो,
तर धैर्यको कुचोले बिस्तारै बटुले, जिन्दगी फेरि बन्छ असाध्यै प्यारो ।
थुप्रै रहरका दानाहरू यताउता छरिँदा आफैँ हराए जस्तो लाग्छ,
उज्यालो खोज्दा खोज्दै कहिले त आफ्नै छायाले पनि तर्साए जस्तो लाग्छ ।
नआत्तिनु है मनको तलाउमा दुःखको ढुंगा कसैले हाने पनि,
शान्त लहरले किनार छुन्छ नै, समयले बिस्तारै जाने पनि ।
नभुल कि बादल लागेकै भरमा, सूर्यले आफ्नो चमक छोड्दैन,
परिस्थितिले जति नै थिचे पनि, साहस हुनेको मन कहिल्यै टुट्दैन ।
चोट लागेको ठाउँमा नै त हो नि, खुशीको नयाँ पालुवा पलाउने,
आँसुले भिजेको माटो नै त हो, सुगन्धित फूलहरू फुलाउने ।।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि