काठमाडौं । गर्मी मौसम सुरु भएको छ । मौसम परिवर्तनसँगै हाम्रो पहिरनमा पनि परिवर्तन गर्नु स्वाभाविक मात्र होइन, आवश्यक पनि हुन्छ। गर्मी बढ्दै जाँदा बाक्ला कपडाको सट्टा हल्का, पातला र शीतलता दिने कपडाको प्रयोग गर्नुपर्छ ।
विशेषगरी युवायुवतीहरू गर्मीमा यस्तो पहिरन रोज्न चाहन्छन् जसले शीतलता मात्र होइन, आकर्षक र स्टाइलिस लुक पनि प्रदान गरोस् । धेरैजसोले आफ्नो पहिरन युनिक, फेसनेबल र आरामदायी होस् भन्ने चाहना राख्छन् ।
गर्मी मौसममा कपडा छनोट गर्दा केही कुरामा विशेष ध्यान दिन आवश्यक हुन्छ । सबैभन्दा पहिले कपडाको प्रकार र रंग महत्वपूर्ण हुन्छ । हल्का रङका कपडाले आँखालाई शीतलता दिन्छ र गर्मीमा आरामदायी महसुस गराउँछ। कटन, कटन मिसिएको सिल्क, शिफोन, लिनेन, जारजेट, ह्यान्डलूम तथा खादीबाट बनेका कपडा पसिना सोस्ने भएकाले उपयुक्त मानिन्छन्।
गर्मीबाट बच्न धेरै युवतीहरूले स्लीभलेस पहिरन रोज्ने गर्छन्। तर दिनको समयमा यस्तो पहिरनले छाला डढ्ने जोखिम बढाउन सक्छ । त्यसैले दिउँसोको समयमा कटन वा फुल स्लिभ कपडा लगाउनु राम्रो हुन्छ भने बिहान र साँझ स्लीभलेस पहिरन पनि उपयुक्त हुन सक्छ।
कटन, शिफोन जस्ता कपडा फर्मल लुकका लागि राम्रो मानिन्छन्। त्यस्तै लिनेन र जारजेटका लामो स्कर्ट पनि गर्मी मौसमका लागि उपयुक्त हुन्छन्। कटन, ह्यान्डलूम र खादीका कपडाले पसिना सोस्ने भएकाले अत्यधिक गर्मीमा पनि सहज महसुस गराउँछन्। अधबैँसे महिलाका लागि कटन कुर्ता–सुरुवाल राम्रो विकल्प हुन सक्छ, खादीको कुर्ता भने स्टाइलिस रूपमा पनि लगाउन सकिन्छ।
तर सिल्क, साटन, सिन्थेटिक, पोलिएस्टर मिसिएको, नायलन र भेलभेट जस्ता कपडा गर्मीमा असहज हुन सक्छन् र छालामा समस्या पनि ल्याउन सक्छन्। त्यसैले धेरै तह भएका वा भारी डिजाइनका कपडाबाट जोगिनु उपयुक्त हुन्छ।
अन्ततः, गर्मी मौसममा फेसनभन्दा बढी आराम र सहजता महत्वपूर्ण हुन्छ। धेरै चम्किलो र गाढा रंगको सट्टा हल्का रंग रोज्नु राम्रो हुन्छ। कटन प्रिन्ट, साधारण डिजाइन र हल्का कपडाको प्रयोग गर्मीका लागि उत्तम मानिन्छ।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूलाई सहज लाग्ने पहिरन रोज्नु हो। धेरै टाइट कपडाको सट्टा खुकुलो र आरामदायी पहिरनले गर्मीमा बढी सहजता प्रदान गर्छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि