काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गरेको छ । लगातार तीन हार व्यहोरेको चेन्नईले शनिबार सम्पन्न आफ्नो चौथो खेलमा दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो ।
चेन्नईले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि दक्षिण अफ्रिकी ब्याटर ट्रिस्टन स्टब्सले ३८ बलमा ६० रनको अर्धशतकीय इनिङ्स खेल्नुभए पनि टोलीलाई जिताउन सक्नुभएन । ओपनर पाथुम निस्सान्काले ४१ रनको योगदान दिनुभयो ।
दिल्लीलाई रोक्ने क्रममा चेन्नईका जेमी ओभरटनले ४ र अंशुल काम्बोजले ३ विकेट लिनुभयो ।
यसअघि दिल्लीका कप्तान अक्षर पटेलले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१२ रनको विशाल योगफल तयार पारेको थियो। चेन्नईका लागि सञ्जु सामसनले ११५ रनको विष्फोटक अविजित शतकीय इनिङ्स खेल्नुभयो। दिल्लीको जितमा आयुष म्हात्रेले ५९ रनको अर्धशतकीय योगदान महत्त्वपूर्ण रह्यो ।
आईपीएल तालिकामा दिल्ली चार खेलमा एक जित निकाल्दा दुई अंकसहित नवौं स्थानमा छ । समान चार खेलमा दुई हार र दुई जित निकालेको दिल्ली चार अंकका साथ चौथो स्थानमा छ ।
आईपीएल तालिकामा अपराजित राजस्थान चार खेलमा आठ अंक जोड्दै शीर्ष स्थानमा छ । पञ्जाब चार खेलमा सात अंकसहित दोस्रो स्थानमा छ भने आरसीबी तीन खेल खेल्दा चार अंकसहित तेस्रो स्थानमा छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि