इस्लामावाद । पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिका बीच जारी युद्धविराम वार्ता दोस्रो दिनमा प्रवेश गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । करिब १५ घण्टादेखि निरन्तर चलेको प्रत्यक्ष संवाद अझै जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्वले मध्यपूर्व मात्र होइन, विश्व अर्थतन्त्रलाई समेत हल्लाइदिएको थियो । त्यसपछि अप्रिल ८ मा दुई हप्ते अस्थायी युद्धविराम लागू भएसँगै संवादको ढोका खुलेको हो । अहिले त्यही संवाद इस्लामावादको सेरेना होटलमा निर्णायक मोडमा पुगेको छ ।
सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि पहिलो पटक दुवै देशका उच्च तहका प्रतिनिधि आमनेसामने बसेका छन् । अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहनुभएको छ भने इरानी पक्षबाट सभामुख मोहम्मद बागेर गालिबाफ अग्रपंक्तिमा हुनुहुन्छ ।
वार्ताको केन्द्रमा रहेका विषयहरू संवेदनशील र जटिल विषयहरुमा इरानको आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध, रोक्का राखिएको सम्पत्ति र क्षेत्रीय सुरक्षासँग जोडिएका मुद्दाहरू रहेका छन् । विशेष गरी लेबनानमा भइरहेको इजरायली सैन्य गतिविधिले वार्तालाई थप पेचिलो बनाएको छ । इरानले ती आक्रमण तत्काल रोक्नुपर्ने अडान राखेको छ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियनले आफ्नो टोली देशको हितमा दृढ रहेको बताउनुभएको छ । उहाँले नतिजा जस्तो आए पनि सरकार जनताको साथमा उभिने प्रतिबद्धता दोहोर्याउनु भएको छ। यसबीच, गालिबाफले सेयर गरेको मिनाब आक्रमणसँग सम्बन्धित मार्मिक तस्बिरले वार्ताको भावनात्मक पक्षलाई पनि उजागर गरेको छ।
अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पष्ट सन्देश यदि सम्झौता भएन भने थप कडा सैन्य कदम चाल्न अमेरिका पछि नहट्ने चेतावनी दिनुभएको छ । यही चेतावनी र कूटनीतिक दबाबबीच वार्ता अगाडि बढिरहेको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि