काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा इरान र अमेरिका बीच शान्ति स्थापनाका लागि भएको लामो वार्ता निष्कर्षविहीन बनेको छ। करिब २१ घण्टाभन्दा बढी समयसम्म चलेको छलफलमा दुवै पक्षबीच सहमति जुट्न नसकेको हो ।
वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स आफ्नो टोलीसहित स्वदेश फर्कनुभएको छ । फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा उहाँले सम्झौता नहुनु अमेरिका भन्दा इरानका लागि बढी नोक्सानीपूर्ण भएको बताउनुभएको छ । उहाँले अमेरिका कुनै पनि सम्झौता बिना नै फर्किएको स्पष्ट पार्नुभयो ।
भ्यान्सले कुनै पनि सहमतिका लागि इरानले परमाणु हतियार नबनाउने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने अडान दोहोर्याउनुभयो । उहाँले अनुसार अमेरिकाले आफ्ना सर्तहरू स्पष्ट रूपमा अघि सारे पनि इरानले ती स्वीकार नगरेको बताउनुभयो ।
उता, इरानले पनि इस्लामावादमा भएको वार्ता बिना निष्कर्ष समाप्त भएको जनाएको छ। इरानी पक्षले अमेरिकाका सर्तहरू अत्यधिक कडा भएकाले सहमति सम्भव नभएको दाबी गरेको छ।
यसैबीच, अमेरिकी सेनाले समुद्री मार्ग सुरक्षित बनाउन अभियान थालेको जनाएको छ। इरानले महत्वपूर्ण समुद्री मार्गमा बारूदी सुरुङ बिछाएको आरोप लगाउँदै ती हटाउने तयारी भइरहेको उल्लेख गरिएको छ।
यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानविरुद्धको सैन्य कारबाही अझै जारी रहने बताउनुभएको छ । उहाँले इरान परमाणु हतियार निर्माण नजिक पुगेकाले आक्रमण गरिएको र त्यसबाट इरानको परमाणु कार्यक्रममा ठूलो क्षति पुगेको दाबी गर्नुभएको छ ।
भावनात्मक सन्देशका रूपमा इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफ पाकिस्तान पुग्दा विमानमा बालबालिकाको तस्बिर बोकेर आउनुभएको थियो । ती बालबालिका फेब्रुअरी २८ मा भएको मिसाइल आक्रमणमा मारिएका थिए, जसको दोष अमेरिका र इजरायलमाथि लगाइएको छ।
यसैबीच, लेबनानमा आक्रमण जारी रहेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार तुफाहता क्षेत्रमा भएको आक्रमणमा ९ जना घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि