काठमाडाैं । लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार मार्च २ मा हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेदेखि लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९ सय ५३ पुगेको छ । ६ हजार ३ सय ३ जना घाइते भएका छन् ।
मन्त्रालयकाअनुसार गत बुधवार मात्रै लेबनानमा भएको इजरायली आक्रमणमा ३५७ जनाको मृत्यु भएको छ भने १ हजार २ सय २३ जना घाइते भएका छन् । जनस्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले एक विज्ञप्ति जारी गर्दै उद्धार टोलीले भग्नावशेष हटाउने र मानव अवशेषहरू संकलन गर्ने कार्य जारी राखेकाले यो तथ्याङ्क प्रारम्भिक रहेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ कि ठूलो संख्यामा पहिचान नभएका शरीरका अंगहरूको डीएनए परीक्षण गरी पीडितको पहिचान पुष्टि गर्न समय लाग्ने भएकाले अन्तिम संख्या निर्धारण गर्न केही समय लाग्नेछ । स्थानीय सञ्चारमाध्यम र घटनास्थलका फुटेजहरूका अनुसार इजरायलले बिहीवार दक्षिण लेबनानका विभिन्न स्थानमा थप भारी हवाई आक्रमण गरेको छ । जसमा जरारिया, जिबचित, बुर्ज कालाउयेह र घान्दौरियामा सबैभन्दा घातक आक्रमणहरू रिपोर्ट गरिएको छ ।
दक्षिण लेबनानमा विनाशको मात्रा बढ्दै जाँदा, आपतकालीन उद्धारकर्ताहरू विभिन्न क्षेत्रहरूमा खोजी र उद्धार कार्यमा संलग्न रहेका छन् । जवाफमा हिजबुल्लाहले किर्यत शमोना र मेतुला लगायतका इजरायली सेनाको जमघट र उत्तरी बस्तीहरूलाई लक्षित गरी रकेट आक्रमण गरेको बताएको छ ।
समूहले लेबनान विरुद्धको इजरायली-अमेरिकी आक्रमण नरोकिउन्जेल आफ्ना कारबाहीहरू जारी रहने थप गरेको छ । पछिल्लो हवाई आक्रमण व्यापक तनावको बीचमा आएको छ जसले लेबनानमा बढ्दो नागरिक हताहती र बिग्रँदै गएको मानवीय अवस्थाप्रति चिन्ता बढाएको छ ।
दक्षिणी र पूर्वी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणको श्रृंखलामा १२ लेबनानी राज्य सुरक्षा सदस्यसहित १९ जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएका छन् । आधिकारिक स्रोतहरूकाअनुसार लेबनानको नेशनल न्युज एजेन्सीले नबातियह शहरमा वर्तमान युद्ध शुरु भएदेखि यताकै सबैभन्दा तिब्र आक्रमण भएको रिपोर्ट गरेको छ ।
इजरायली युद्धविमानहरूले धेरै टोल र सडकहरूलाई निशाना बनाएर भारी बमबारी गर्दा व्यापक भौतिक क्षति पुगेको छ । सरकारी भवन नजिकै भएको आक्रमणले भवनहरू ध्वस्त पारेको छ र मानवीय क्षति निम्त्याएको छ । लेबनानी राष्ट्रपति कार्यालयका अनुसार प्रारम्भिक गणनामा आक्रमणका क्रममा १२ सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि भएको छ । उद्धार टोलीहरूले घाइतेहरूलाई अस्पताल पु¥याएका छन् र भग्नावशेषमुनि खोजी कार्य जारी राखेका छन् ।
रिपोर्टकाअनुसार इक्लिम अल-तुफाह क्षेत्रको शहरको केन्द्रमा रहेको एक कार वास सेन्टरमा इजरायली आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ । त्यस्तै, पूर्वी लेबनानको अंसार सहरमा भएको अर्को आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ । एक लेबनानी सुरक्षा स्रोतले बताएअनुसार इजरायली युद्धविमान र ड्रोनले गत केही घण्टामा दक्षिणी र पूर्वी लेबनानका विभिन्न स्थानहरूमा करिबव४२ पटक हवाई आक्रमण गरेका छन् ।
मार्चको शुरुदेखि लेबनानमा क्षेत्रीय अस्थिरताका बीच सैन्य तनाव बढ्दै गएको छ । सन् २०२४ नोभेम्बरमा युद्धविराम घोषणा भएयता पहिलो पटक मार्च २ मा हिजबुल्लाहले दक्षिणी लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि इजरायलले बेरुत र यसका दक्षिणी उपनगरहरू लगायतका क्षेत्रमा हवाई आक्रमण तिब्र पारेको हो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि