झापा । तामाङ समुदायको जातिय संगठन नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन हुनुभएकाे छ । मोरङको पथरीमा हिजो सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।
दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष चयन गरेको छ । उपाध्यक्षत्रयमा एकराज तामाङ, रुपनारायण तामाङ गोले र महिला उपाध्यक्षमा बिनिता थिङ तामाङ चयन हुनुभएकाे छ । घेदुङको मुख्यसचिवको जिम्मेवारी फणीन्द्र तामाङले पाउनु भएकाे छ । घेदुङ प्रदेश सदस्यमा हस्ताबहादुर तामाङ, खड्काकुमार तामाङ, धनबहादुर तामाङ, टेकबहादुर तामाङ, इन्द्रकुमार योन्जन, जयबहादुर तामाङ र जितेन्द्र तामाङ छन् । बाँकी पदाधिकारी र सदस्य नवनिर्वाचित समितिले पछि चयन गर्ने बताइएको छ ।
घेदुङ संघीय अध्यक्ष मोहन गोले प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल तामाङ घेदुङ वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन, कोशी प्रदेश पूर्वअध्यक्ष मित्रसेन योन्जनलगायतले मन्तव्य राखेका थिए ।
तामाङ घेदुङ कोशी अध्यक्ष रेखबहादुर घिसिङको सभापतित्वमा तथा नेपाल तामाङ घेदुङ कोशी प्रदेश मुख्यसचिव तिलक पाख्रिन तामाङले सञ्चालन गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जगतले प्रतिबद्धता मन्तव्य राख्नुका साथै विभिन्न व्यक्तिले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि