काठमाडाैं । प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक आईतवार पनि सिंहदरबारमा जारी छ ।
समितिले प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ । गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिको यो बैठकले संसद सञ्चालनका लागि आवश्यक संशोधन र नयाँ प्रावधानहरूबारे छलफल गर्दैछ ।
समितिका सदस्यहरूले नियमावलीका विभिन्न अध्याय तथा दफाहरूमा संशोधन प्रश्ताव ल्याउने र छलफल गर्ने क्रममा छन् । बैठकमा नियमावलीलाई समसामयिक बनाउने, संसदीय प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउने विषयमा जोड दिइएको छ ।
यो समिति गठन भएपछि नियमावली मस्यौदा तयार पार्ने काम तिब्र रूपमा अगाडि बढेको छ । बैठकको नतिजाअनुसार नयाँ नियमावली प्रतिनिधि सभामा पेश हुने अपेक्षा गरिएको छ । बैठकमा समितिका सबै सदस्यहरूको सक्रिय सहभागिता रहेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि