दाङ । तुलसीपुर उपमहानगरपालिका–१६ जहदागाउँ स्थित एक इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङ का प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार स्थानीय सेवा इँट्टाभट्टामा भएको घटनामा भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको हो।
उक्त दुर्घटनामा सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते भएका छन्। उनलाई दाङमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि