काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल कम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’ समापन समारोहमा सम्बोधन गर्दै सचिव देवकोटाले नीतिहरुको कार्यन्वयनमा जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले देश स्थिरताको चरणतर्फ उन्मुख रहेकोको उल्लेख गर्दै नयाँ सोचसहितको प्रणाली लागू गर्ने अवसर आएको बताउनु भयो । तथ्यमा आधारित निर्णय प्रक्रियाले मात्र स्वास्थ्य सेवामा सुधार सम्भव हुने उहाँको भनाइ छ ।
उहाँले सुशासनसँग जोडिएर निति नियम निर्माण गर्ने र त्यसको कार्यन्वयन गरी सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । परिवर्तनको सानो काम बाट नै सुरुवात हुने भन्दै उहाँले शुरुमा आफ्नो व्यक्तिगत व्यवहारमा सुधार गर्न आग्रह गर्नुभयो । उहाँले परिषद्लाई अझ प्रभावकारी बनाउँदै देशव्यापी रूपमा विस्तार गर्नुपर्ने बताउनु भयो । अनुसन्धान, कार्यान्वयन र अनुगमन एउटै थलोबाट समन्वय हुने परिषद्को संरचना अझ बलियो बनाउनुपर्ने उहाँको भनाई छ । युवाहरूको अनुसन्धानमा सहभागिता बद्दो रुपमा रहेको उल्लेख गर्दै उहाँले सेवा विस्तारमा थप ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा हुने अनुसन्धानहरू सरकारको १०० बुँदे कार्यदिशा र सम्मेलनको घोषणापत्रसँग जोडिनुपर्नेमा उहाँले जोड दिँदै त्यसबाट स्वास्थ्य सेवाको गुणस्तरमा ठोस सुधार ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामी फरक स्थितिमा छौँ, अलिकति स्थिरतातिर देश गएको छ । नयाँ कुराहरु छन्, हामीले धेरै काम ग¥यौँ, त्यसको समिक्षा ग¥यौँ । अब कसरी जानुपर्छ भनेर नयाँ सोचसहितको सिष्टम आईसकेको हुनाले त्यसलाई पनि आधार मानेर हामीले फ्याक्टहरु निर्माण गर्नुपर्नेछ । एनएचआरसीले राम्रो गरिरहेको छ, हरेक वर्ष यहाँहरुकै संलग्नतामा राम्रो काम भईरहेको छ । तर अझ पनि म फोकस के मा गर्न चाहन्छु भने एउटै थलो जसबाट एआरपीपनि हुन्छ, जसबाट काम पनि हुन्छ, जसले निरिक्षण अनुगमनपनि गर्छ, त्यत्रो ठुलो जिम्मेवारी बोकेको संस्था अलिकति देशव्यापी रुपमा प्रदेशमा अलि बढी समेटिनुपर्छ । अहिले धेरै युवाहरु रिर्सचको लागी काम गरिराख्नु भएको छ । अलि बढि सेवा विस्तारमा ध्यान दिनुपर्छ कि जस्तो मलाई लाग्छ । परिवर्तनको लागि ठूला कुरा र ठुलो सोच राख्ने त हो, तर सुरुवात चाँही सानोबाट हुनुपर्छ । सबैभन्दा पहिला हामीले आफ्नो व्यवहारमा परिवर्तन गर्न जरुरी छ । आगामी दिनमा हुने रिसर्च सरकारको १०० बुँदे कार्यदिशा र यहाँको घोषणापत्रको आधामा हुनुपर्छ, त्यसो भएमा हामीले हाम्रा सेवाहरुमा सुधार गर्नसक्छौँ ।’
उहाँले परिषद्लाई सरकारले जारी गरेको १०० बुँदे कार्यदिशा र सम्मेलनको घोषणापत्रसँगका आधारमा आगामी वर्षको बजेट तथा निति कार्यक्रम बनाउन आग्रह गर्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि