पाल्पा । जिल्लामा विगत दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गर प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो ।
कोरोनाको समयमा संघीय सरकारबाट बजेट विनियोजन भई पाल्पा अस्पतालमा निमार्ण गरिएको अक्सिजन प्लान्ट केही वर्ष यता बिग्रिएर थन्किएको थियो । अहिले प्लान्ट सञ्चालनमा आएसँगै जिल्लामा लामो समयदेखि अक्सिजन अभावको समस्या समाधान हुने देखिएको छ । यहाँ अक्सिजन प्लान्ट नहुँदा बुटवल भैरहवाबाट ल्याउनु पर्ने बाध्यता रहेको थियो । जिल्लामै अक्सिजन प्लान्ट सञ्चालन भएपछि अन्य अस्पताल तथा विरामीहरुलाई सजिलो भएको छ ।
प्लान्ट सञ्चालनपछि पाल्पा अस्पतालमा भर्ना हुने बिरामी मात्र नभई लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, रामपुर अस्पताल तथा जिल्लाका निजी मेडिकल र क्लिनिकहरूलाई समेत अक्सिजन सिलिण्डर आपूर्ति गर्न सहज हुने तानसेन नगरपालिकाकी उप–प्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनुभयो । जिल्लामा मासिक ४ सय देखी ५ सय संख्यामा अक्सिजन सिलिण्डर खपत हुने गरेको छ । अक्सिजन प्लान्टमै अक्सिजन सिलिण्डर सानो तीन सय ५० रुपैयाँ र ठूला छ सय ५० रुपैयाँ सम्ममा खरिद विक्रि हुने गरेको छ । पाल्पामै अक्सिजन उत्पादन हुँदा अस्पतालहरुको ढुवानी खर्च र समयको बचत समेत हुने भएको छ । पाल्पा अस्पताललाई सुविधायुक्त, विश्वसनीय र भरपर्दाे बनाउन अक्सिजन प्लान्ट महत्वपूर्ण रहेको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो “अक्सिजनको अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।”
अक्सिजन प्लान्ट भएसँगै अस्पतालले नयाँ बर्षको दोस्रो हप्ता भित्रमा शल्यक्रिया सेवा सुरु गर्ने योजना बनाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेलले बताउनुभयो । संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयले २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने मेसिनहरु खरिद गरि प्लान्ट सञ्चालनमा ल्याइएको थियो । प्लान्टका लागि अस्पतालनजिकै २६ लाख लागतमा भवन निर्माण गरिएको छ । कोभिडका बेला प्लान्ट सञ्चालनमा आउँदा सहज भए पनि त्यस यता बन्द हुँदा दीर्घ रोगीहरु मर्कामा पर्दै आएका थिए ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि