पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाह लगायतका राजनीतिक व्यक्तिहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार उनलाई आवश्यक परेको खण्डमा उपस्थित हुने शर्तमा आफन्तको जिम्मा लगाइएको हो।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी पोखरेललाई चैत २६ गते पक्राउ गरिएको थियो। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको हो।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोप लगाइएको थियो। त्यही मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत पाँचथरले १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
उनको पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले कडा आपत्ति जनाएको थियो । जेन-जीहरू तनुजा पाण्डे र भावना राउले पनि बालेन्द्र सरकारको तीखो आलोचना गरेका थिए ।
आलोचकहरूले उहाँका पुराना फेसबुक स्टेटस तथा भिडियोहरू समेत पुनः सेयर गर्दै टिप्पणी गरिरहेका छन्।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि