भरतपुर । गृहमन्त्री सुधन गुरुङले लागुऔषध तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ।
भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा आयोजित कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई सम्बोधन गर्दै उहाँले जनअपेक्षाअनुसार सुशासन कायम गर्न दृढतापूर्वक काम गर्न आग्रह गर्नुभयो। साथै, लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै निर्मम ढंगले अभियान सञ्चालन गर्न निर्देशन दिनुभएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मन्त्री गुरुङले नागरिकले प्रत्यक्ष महसुस गर्नेगरी छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न समेत जोड दिनुभएको छ।
यस क्रममा गृहमन्त्री गुरुङले जिल्लाका विभिन्न स्थानहरूको निरीक्षण तथा अवलोकन पनि गर्नुभएको थियो। शनिबार राति उहाँले नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरो प्रभावित क्षेत्र घोप्टेभीर र तुइन खोलाको निरीक्षण गर्दै वर्षायाममा समस्या दोहोरिन नदिन छिटो र प्रभावकारी रूपमा काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
आजै उहाँ पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने दाउन्ने सडकखण्डको निरीक्षणका लागि नवलपरासी (पूर्व) तर्फ प्रस्थान गर्नुभएको जनाइएको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि