काठमाडौं । गोर्खा ब्रुअरी प्रालिद्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक अप्रिल १० र ११ मा रोयल नेपाल गल्फ कोर्समा सम्पन्न भएको छ । प्रतियोगितामा कुल एक सय ३० गल्फ खेलाडी सहभागी भएका थिए । आयोजकका अनुसार प्रतियोगिता लोकप्रिय स्टेबलफोर्ड ३-४ फर्म्याटमा ह्याण्डिक्यापका आधारमा खेलाइएको थियो ।
पुरुषतर्फ कर्बिर तामाङ ४८ काउन्ट ब्याक स्कोरसहित विजेता बन्नुभयो भने अश्मांक कार्की समान ४८ काउन्ट ब्याक स्कोरसहित रनर-अप हुनुभयो । बेस्ट ग्रस विनरको उपाधि हरिबहादुर थापाले ३५ स्कोरसहित जित्नुभयो । महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता बन्नुभयो भने तारा कार्की चित्रकार ३४ काउन्ट ब्याक स्कोरसहित रनर-अप रहनुभयो ।
सिनियरतर्फ ६५ वर्षमाथि पुरुष समूहमा मेजर जनरल विजय मोक्तान विजेता तथा क्याप्टेन मोहन गुरुङ रनर-अप बन्नुभयो । सुपर सिनियर ७५ वर्षमाथितर्फ क्याप्टेन मणिलाल थापा विजेता बन्नुभयो । महिलातर्फ सिनियर ६० वर्षमाथि देवी पुलामी तथा सुपर सिनियर ७० वर्षमाथि सन्ध्या राई विजेता घोषित हुनुभएको आयोजकले जनाएको छ । विशेष विधातर्फ हरिबहादुर थापा होल नम्बर १२ मा होल इन वान गर्दै प्रतियोगिताको विशेष आकर्षण बन्नुभएको थियो भने मोस्ट व्रिडिज अवार्ड कर्बिर तामाङले चार बर्डीसहित जित्नुभयो ।
त्यस्तै, लंगेष्ट ड्राइभ-होल ११ मा सरोज थापा, क्लोजेष्ट टु द पिन-होल १२ मा खिम गौचन तथा स्पोर्ट्समेन्सीप प्राइज ब्रिगेडियर जनरल शशिकिरण रायमाझीले प्राप्त गर्नुभयो । प्रतियोगितामार्फत् कार्ल्सबर्गले स्पोर्ट्समेन्सीप, कमारेडी–प्रिमियम स्पोर्टिङ लाइफस्टायलप्रति आफ्नो प्रतिबद्धता पुनः स्थापित गरेको आयोजकले जनाएको छ । रोयल नेपाल गल्फ कोर्समा सम्पन्न प्रतियोगिताले सहभागीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धासँगै कार्ल्सबर्ग सिग्नेचर ब्राण्ड एक्सपेरियन्स पनि प्रदान गरेको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि