साहित्य लेखन स्वान्तसुखाय हो । साहित्यमा लेखकका मनका भावनाहरू तरंगित बनेर आएका हुन्छन् । लेखकले आफ्ना जीवनका अनुभूतिलाई विभिन्न विधाका माध्यमबाट पोखेको हुन्छ । साहित्य मानवमनमा विद्यमान अवस्थालाई चित्रण गरेर बाहिर ल्याउने विधाको पहिचान पनि हो । साहित्यमा विद्यमान विभिन्न संवेदनाले मानिसलाई जीवनका हरेक पलमा गतिशील तुल्याएको हुन्छ । भनिन्छ साहित्य स्वान्त सुखायमात्र होइन, यो त समाजको पनि दर्पण हो । त्यसैले साहित्यकार साहित्यका माध्यमबाट समाजको चित्र उतार्न सफल भएको मानिन्छ । मानिसका संवेदनालाई व्यक्त गर्नका लागि बाहिर आउने जीवनदर्पण नै साहित्य मानिएको हो । साहित्यका माध्यमबाट साहित्यकार मनका उकुसमुकुसलाई मात्र होइन जीवनका संवेदनामा पनि आफूलाई खरो मानेर उतारेको हुन्छ । साहित्यमा आफ्नो हृदयलाई साहित्यकारले पाठकसामु राखेको हुन्छ ।
नेपाली साहित्य आज धनी साहित्यका रूपमा चिनिने साहित्य मानिएको छ । साहित्यका प्रायः सबै विधामा नेपाली साहित्यकारले कलम चलाएका पनि छन् । विधागतरूपमा वर्गीकरण भएपछि नेपाली साहित्यको अवस्था विकसित नै छ भन्ने आधारहरू प्रशस्त भेटिएका छन् । नेपाली साहित्यमा विधागत पहिचान र साहित्यक सिर्जनाको अवस्थालाई हेर्ने हो भने पनि साहित्यका दृष्टिले कमजोर मान्न सकिने आधारहरू पाइँदैनन् । नेपाली साहित्यले २०८२ सालामा विभिन्न विधामा आफूलाई खरोरूपमा उतारेको पाइन्छ । नेपाली साहित्यमा पठन संस्कृतिको अभाव देखापरेको पाइन्छ ।
नेपाली साहित्यमा विधागत पहिचान र साहित्यक सिर्जनाको अवस्थालाई हेर्ने हो भने पनि साहित्यका दृष्टिले कमजोर मान्न सकिने आधारहरू पाइँदैनन् । नेपाली साहित्यले २०८२ सालामा विभिन्न विधामा आफूलाई खरो रूपमा उतारेको पाइन्छ । नेपाली साहित्यमा पठन संस्कृतिको अभाव देखापरेको पाइन्छ ।
आजकल प्रकाशित भएका कृतिलाई किनेर पढ्ने संस्कृतिको अभाव देखापरेको छ । लेखकले परिश्रम गर्छ । नीजि प्रकाशनले कृति प्रकाशन गरेर बजारमा पठाउँछ । तर कृति किनेर अध्ययन गर्ने परम्पराको अभाव आज नेपाली साहित्यको चुनौती नै बनेको पाइन्छ । यसकिसिमका चुनौतीलाई पार गर्दै नेपाली साहित्यमा २०८२ ले सबै विधामा आफूलाई खरोरूपमा उतार्न सफल भएको मानिन्छ ।
विधागत विविधता
नेपाली साहित्यले २०८२ सालमा विधागत विविधतालाई अंगिकार गर्न सफल भएको देखियो । साहित्यका विभिन्न विधामा आफूलाई खरोरूपमा उतारेर नेपाली साहित्यको विकास पूर्णरूपमा भएको पनि पाइन्छ । सामान्यतया कविता विधाका मात्र नभएर कथा, उपन्यास, निबन्ध विधामा पनि आफ्नो पहिचान जमाउन नेपाली साहित्य सफल भएको वर्षका रूपमा २०८२ लाई लिन सकिन्छ ।
कविताले व्यंग्य, समाजमा विद्यमान कुरीति र कुसंस्कारको उछित्तो काड्ने गरी आफूलाई उभ्याएको पाइन्छ । समाज, राजनीति, राज्य संयन्त्रमा देखिएका नराम्रा प्रवृत्तिप्रति असन्तोष जनाउँदै स्वस्थ र सुन्दर समाजको परिकल्पना नेपाली साहित्यको यो चरणमा सिर्जना भएका कवितामा देखापरेको पाइन्छ । समाज स्वस्थ हुनु आवश्यक छ । समाजमा विद्यमान अवस्थालाई गतिलो तरिकाले गतिशील बनाउन राज्य संयन्त्र चुस्त हुनुपर्ने मान्यता यो चरणका कवितामा देखापरेका मूल प्रवृत्ति पनि हुन् । पुरुषोत्तम दाहाल तथा उनका सुपत्र अनिमेष दाहालको संयक्त लेखनमा वंशवृक्ष कविता संग्रह बाहिर आयो । उक्त कविता संग्रहमा समाजलाई स्वस्थ बनाउने अभिलाषा एकातिर विद्यमान छ भने अर्कोतिर नराम्रा प्रवृत्ति र मान्यताप्रति समेत तिखो व्यंग्य प्रहार गरिएको छ ।
अमर गिरीको रातमा कलम, ऋषि वस्ताकोटीको पानीको रङ पनि कविताका संग्रहका रूपमा आएका कृति हुन् । सत्र भोका काग, माझी हाडा, व्यवस्थाको कञ्चट, पानीको परेड,केही मीठा बात गर जस्ता कृतिहरू कविताका क्षेत्रमा देखापरेका कृति हुन् । यी कविता संग्रहमा व्यंग्य छ । नेपाली समाजलाई उत्थान गर्ने चाह छ । समाजमा विद्यमान नराम्रा पक्षलाई जीवन्त बनाउने अथाह अभिलाषा छ । काम र मामका लागि विदेशी गल्लीमा भौँतारिएका नेपाली दाजुभाइलाई नेपाल फर्कन गरिएको आग्रह छ । नेपालको राजनीतिमा देखापरेका नराम्रा प्रवृत्तिप्रति तीव्र असन्तोष पनि छ । विज्ञानको विकासले निम्त्याएको असन्तोष छ । बढ्दै गएको अमानवीय व्यवहारमा देखापरेका ज्वलन्त नमुना यो सालमा प्रकाशित भएका कवितमा देखापरेको पाइन्छ ।
नेपाली उपन्यासमा पनि २०८२ सालले सफलता नै पाएको भन्न सकिने आधारहरू देखापरेका छन् । समाजमात्र होइन उपन्यासमा दर्शनलाई पनि समावेश गरेर जीवनको पहिचानलाई बाहिर ल्याउने काम यो सालका उपन्यासमा देखापरेको पाइन्छ । कतै इतिहासमा गुमनाम भएका घटना र पात्रहरू उपन्यासका केन्द्र बनेका छन् भने कतै समाजमो यथार्थ चित्रलाई उपन्यासले बाहिर ल्याएका छन् । नेपाली उपन्यासमा समाजको विविधता र त्यसले निम्त्याएको अवस्थालाई बाहिर ल्याउने काम उपन्यासकारहरूले गरेको देखिन्छ । रुवी सत्यालको अपूर्वा, देवी सत्यालको मनझोली, सीमा आभासको महायुग, वामदेव सिग्देलको कमला, ओम रिजालको पैकेलो, छुदेन काविमाको उरमाल, क्षितिज समर्पणको तोरकिन, नारायण ढकालको जगज्जननी उसकी आमाको नाम होइन जस्ता उपन्यासहरू २०८२ सालले नेपाली साहित्यलाई दिएको देखियो ।
यी त प्रतिनिधि उपन्यासमात्र हुन् । समाजमा विद्यमान अवस्थाको चित्रण, नारीलाई हेर्ने दृष्टिकोण, समाजको उन्नतिका लागि गरिने प्रयास, इतिहास र इतिहासले निम्तो दिएको अवस्थालाई यी उपन्यासले बाहिर ल्याएका छन् । नारी र नारीले भोग्नुपरेका समस्या तथा तिनले निम्त्याएका परिवेशलाई समेत उपन्यासका कतिपय अवस्थाको चित्रणमा उपन्यासकारले उतारेको पाइन्छ । समाजको सामाजिक उन्नति तथा हाँसो रोदन र मानिसभित्रका भावनाको चित्रलाई समेत उपन्यासको विषय बनाइएको पनि पाइन्छ । यो सालमा सिर्जना भएका उपन्यासमा मानवीय भावनाको खोज छ । इतिहासको झल्को छ ।
नारीले समाजमा भोग्नुपरेका समस्याको चित्र छ र त्यो चित्रले उतारेको विभत्स समाज छ । मानिसभित्र कुण्ठित बनेर बसको मानसिक छटपटी छ । त्यो छटपटीले नेपाली समाजमाा दिएको डरलाग्दो अवस्था पनि यो समयका नेपाली उपन्यासमा पाउन सुकिन्छ । नेपाली उपन्यासको अवस्था भने २०८२ सालको घतलाग्दो नै देखापरेको पाईन्छ । समाजको सामाजिक अवस्था र त्यसले निम्तो गरेको परिवेशलाई उपन्यासकारहरूले कृतिमा उतारेको पाइन्छ । नेपाली साहित्यको साहित्यिक अवस्था भने दिनप्रतिदिन बढ्दै गएको पाइन्छ ।
नेपाली साहित्यले २०८२ सालमा कवितामात्र दिएको छैन । नेपाली कथामा पनि २०८२ सालले गति दिएको देखिन्छ । लघु कथा र कथालाई आधार बनाएर लेखिएका कथाले समाजको सामाजिक मान्यतालाई जीवन्त बनाएर उतारेका छन् डा. चित्र मावोको डोली भर्ना, भागीरथी श्रेष्ठको सत्यम् जस्ता कथा संग्रहले २०८२ साललाई अंकमाल गर्न सफल भए । समाजको सामाजिक चित्र र मानवीय भावनाको कदर गरिएका कथा संग्रहहरू २०८२ सालमा देखापरे । समाजको चित्र र समाजमा विद्यमान अवस्थाको पहिचानलाई पनि यो समयका कथा संग्रहले आफूभित्र समेटेको पाइन्छ । नेपाली साहित्यका सबै विधामा २०८२ सालमा कलम चलेको पाइन्छ । साहित्यमा विविधतामुखी बनेर देखापरेको यो सालका कृतिहरूमा समाजको सामाजिक अवस्था र त्यसले पारेको प्रभावलाई गति दिने पहिचान पनि आएको पाइन्छ ।
नेपाली साहित्यमा विधागत पहिचान र साहित्यक सिर्जनाको अवस्थालाई हेर्ने हो भने पनि साहित्यका दृष्टिले कमजोर मान्न सकिने आधारहरू पाइँदैनन् । नेपाली साहित्यले २०८२ सालामा विभिन्न विधामा आफूलाई खरोरूपमा उतारेको पाइन्छ । नेपाली साहित्यमा पठन संस्कृतिको अभाव देखापरेको पाइन्छ ।
विविधतामा जोड
आख्यानले भरिएका कृतिहरूमा साहित्यकारले आख्यानको विषय चयन गरेको हुन्छ । आख्यान साहित्यकारले समाज, इतिहास तथा पौराणिक ग्रन्थबाट समेत लिने गरेको पाइन्छ । नेपाली साहित्यमा २०८२ साल विकसित रहेको देखियो । सामान्यतया साहित्यका सबै विधामा साहित्यकार सक्रिय बनेर आएको पाइन्छ । कविता, कथा, उपन्यास, निबन्ध आदि विधामा यो वर्ष कलम चलेको देखियो । साहित्यमा देखिएको विविधता र त्यसले निम्ताएको पहिचानलाई यो वर्षमा सिर्जना गरिएका साहित्यिक कृतिहरूले बाहिर ल्याएको पाइन्छ । सामाजका विविध विधामा कलम चलाएका साहित्यकारले नेपालको पहिचान र मान्यतालाई जीवन्त बनाएर कृतिमा पस्केको पाइयो ।
समाज, सामाजिक मान्यता, नारी चेतना र विद्रोह, विदेशी भूमिमा काम गर्ने नेपालीको अवस्था, नेपाली समाजमा बढ्दै गएको मानवीय भावनाको कमीलाई समेत यो वर्षका साहित्यले विषय बनाएको पाइन्छ । इतिहास र इतिहासका देखापरेका हाम्रा पहिचानलाई समेत साहित्यका माध्यमबाट व्यक्त गर्नु यो वर्षको साहित्यमा आएको नौलो आयाम पनि हो । समाज विविधताले युक्त हुन्छ । यो विविधतामा एकता खोज्नु साहित्यको पहिचान पनि बन्ने गरेको तथ्यलाई नकार्न सकिँदैन । विश्वबजारमा आणविक अस्त्रशस्त्रले निम्त्याएको विभीषिकालाई पनि साहित्यका माध्यमबाट बाहिर ल्याउने जमर्को यो वर्षका कृतिहरूमा पाइन्छ नै । इतिहास छ । इतिहासमा हामी नेपालीले रचेको पहिचान पनि छ । त्यो पहिचानमा बसेको मानवीय भावनाको आक्षेप पनि छ । दर्शन छ । दर्शनभित्र हाम्रा पूर्वजले दिएका पहिचान र सन्दर्भलाई पनि यो वर्षका कृतिले आफूभित्र समेट्न खोजेको देखिन्छ । नारी समाजको सिर्जना हो । नारीको रक्षा र उसले गरेका कार्यको सम्मान गर्नु समाजको दायित्व हो । यो दायित्वबाट पञ्छिन सक्ने अवस्था आजका हामीसित छैन । हामीले समाजलाई जुन किसिमको बाटोमा हिँडायौँ त्यही बाटो नै मुख्य हो भन्ने सन्दर्भको खोजी पनि यो वर्षका कृतिले दिन खोजेका छन् ।
विषयको विविधताका आफूलाई उतारेर साहित्यकारले आफ्नो मन पर्ने विधामा आफूलाई उतारे । सामाजिक मान्यताका साथै देशमा बढ्दै गएको असन्तोष र मानवीय भावनाको कमजोर कडीलाई यो वर्षका साहित्यिक कृतिले आफूभित्र समेटेको पनि देखियो । यो वर्ष साहित्यका दृष्टिले उपन्यास विधा नै बढी सबल रहेको पाइयो । उपन्यासमा उपन्यासकारहरूले दर्शनलाई समाहित गरेका छन् । इतिहासका पानामा घोत्लिएका छन् । सामाजिक अवस्थाको चित्र उतारेका छन् । प्राचीन सभ्यताको मूलप्रवाहलाई बारिह ल्याउन सफल भएका छन् । विज्ञानले दिएको क्रूरता र त्यसले निम्तो गरेको डरलाग्दो अवस्थालाई पनि समाहित गरेका छन् । यो नै नेपाली साहित्यमा देखापरेको पहिचान पनि हो २०८२ साल । यो सालमा जे जति कृति आए ती नेपाली साहित्यका फाँटमा नौलो आयाम बनेर आएका देखिए । कृतिकारले आफ्नो सिर्जनालाई जीवन्त बनाउने प्रयास गरेको हुन्छ । कृतिको मूल्यांकनको आधार पाठक हो । पाठकले आफूले अध्ययन गरेर कृतिका बारेमा गरेको टिप्पणी नै कृतिकारका लागि पहिचान बनेको मानिन्छ । जे होस् नेपाली साहित्यको उर्बर भूमि बन्यो २०८२ साल नेपाल र नेपालीका लागि ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि