काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक विवरणअनुसार अर्थमन्त्री स्वर्णिम वाग्ले ले घरजग्गामा उल्लेख्य लगानी रहेको खुलाउनुभएको छ।
सार्वजनिक विवरणअनुसार अर्थमन्त्री वाग्लेले कुल करिब १२ करोड ७५ लाख रुपैयाँ बराबरको घरजग्गा आफ्नो नाममा रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार ललितपुरका सानेपा र भैँसेपाटी, काभ्रेको धुलिखेल तथा तनहुँको बन्दीपुरमा जग्गा रहेको छ।
भैँसेपाटीस्थित ४ आना ३ पैसा जग्गा करिब ५ करोड रुपैयाँमा खरिद गरिएको उल्लेख छ भने सानेपाको जग्गा २ करोड रुपैयाँमा किनेको विवरणमा जनाइएको छ। त्यसैगरी, धुलिखेलमा रहेको ९ आना जग्गा करिब ३ करोड ७५ लाख रुपैयाँमा तथा बन्दीपुरमा २ करोड रुपैयाँ बराबरको जग्गा खरिद गरिएको जानकारी दिइएको छ।
अर्थमन्त्री वाग्लेले आफ्नो सम्पत्ति अन्तर्राष्ट्रिय रोजगारीबाट प्राप्त आम्दानी, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटीमार्फत संकलन गरिएको पनि स्पष्ट पार्नुभएको छ।
सार्वजनिक पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक हुनु पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने महत्वपूर्ण अभ्यासका रूपमा लिइन्छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि