काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारमा रहेका सबै व्यक्तिको सार्वजनिक गरिएको सम्पत्तिको स्रोतसमेत खुलाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
उहाँले आज बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको सन्दर्भमा स्रोत नखुलेको सम्पत्तिलाई घुमाइफिराइ गरिएको भ्रष्टाचारका रूपमा बुझिन सक्ने बताउनुभयो ।
उहाँले सरकारमा रहेका व्यक्तिहरूको कति सम्पत्ति छ भन्ने विवरण सार्वजनिक भए पनि उक्त सम्पत्ति कसरी आर्जन गरिएको हो भन्ने कुरा स्पष्ट नभएको उल्लेख गर्नुभयो।
उहाँले लेख्नुभएको छ, ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यसको स्रोत पनि खुलाइदिनु राम्रो हुन्छ । स्रोतबिनाको सम्पत्ति फेरि घुमाइफिराइ भ्रष्टाचार गरिएको भन्ने नै बुझिन्छ । त्यसैले स्रोत प्रष्ट पार्नुपर्छ । जय देश ! ’




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि