काठमाडौँ । वरिष्ठ पत्रकार ध्रुर्वहरि अधिकारीले नेपाली भाषा, साहित्य, संस्कृति, इतिहास र कलाको उन्नयनमा उल्लेखनीय योगदान पु¥याइरहेका ‘मधुपर्क’ मासिकलगायत पत्रपत्रिका एवं पुस्तक राष्ट्रिय समाचार समिति (रासस) लाई हस्तान्तरण गर्नुभएको छ ।
पत्रकारिताका अतिरिक्त नेपाली भाषा, व्याकरण, सुरक्षा र कूटनीतिमा विशेष चासो राख्ने नेपाल प्रेस इन्स्टिच्यूटका पूर्वअध्यक्ष अधिकारीद्वारा आज हस्तान्तरित अन्य पुस्तक र पत्रपत्रिकाहरूमा रुपरेखा, रचना, गरिमा, परिवारिक डाइजेष्ट, असली आठकाण्ड रामायणलगायत करिब १०० थान छन् ।
गोरखापत्र संस्थानद्वारा २०२५ जेठ ३० देखि प्रकाशित ‘मधुपर्क’ ले साहित्यकारहरू केदारमान व्यथित, सूर्यविक्रम ज्ञवाली, माधवप्रसाद घिमिरे, दैवज्ञराज न्यौपाने, लैनसिंह वाङ्देल, दौलत विक्रम विष्ट, धु्रवचन्द्र गौतम, वैरागी काइला, इन्द्रबहादुर राई, डिल्लीरमण रेग्मी, मन्जु काँचुली, पारिजात, बदरीनाथ भट्टराई, विजय मल्ल, पुस्कर लोहनी, कञ्चन पुडासैनी र भरतराज पन्तहरूलाई उल्लेख्य स्थान दिएको थियो ।
साहित्यकारहरू शङ्कर लामिछाने, भीम विराग, भाउपन्थी, हुतराम वैद्य, रत्न दास, अम्विकाप्रसाद अधिकारी, खेमराज केशवशरण, अशेष मल्ल, डा कृष्णचन्द्र मल्ल, भीमनिधि तिवारीलगायत श्रष्टाका कथा, कविता, लेख, व्यङग्य, एकाङ्की, निबन्ध, समालोचना, गजल, सस्मरण र परिचय जस्ता विषयवस्तुलाई मधुपर्कले २०२० र २०३० को दशकमा उपयुक्त स्थान प्रदान गर्दै आएको पाइन्छ ।
पुस्तक हस्तान्तरणका क्रममा राससका महाप्रबन्धक सन्दिप राईले निकै पुराना मधुपर्कसहित नेपालका प्रसिद्ध साहित्यकारका सिर्जना समेटिएका पुस्तक उपलब्ध गराएकामा पत्रकार अधिकारीप्रति आभार व्यक्त गर्नुभयो । वरिष्ठ पत्रकार अधिकारीले रासस सूचना र समाचारको मुहान भएकाले संस्थालाई उपलब्ध सूचना समाग्रीको धरैभन्दा धेरै उपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि