वीरगञ्ज । मधेस प्रदेश एपिएफ क्लबसँग पराजित भएसँगै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । सोमबार भएको खेलमा मधेस प्रदेश एपिएफसँग ७४ रनको हार बेहोरेपछि सुदूरपश्चिम फाइनलमा पुगेको हो । पिएम कपको फाइनल पुग्ने सुदूरपश्चिम प्रदेशकै पहिलो टोली हो । सुदूरपश्चिमले अब उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । पिएम कपमा मधेसले अब एक खेल खेल्न बाँकी छ । तर, त्यो खेलमा मधेसले जित हात पारे पनि फाइनल पुग्न पर्याप्त हुनेछैन ।
आर्मी भने दुई खेलअघि नै फाइनल पुगिसकेको थियो । आर्मीले अब एक खेल खेल्न बाँकी छ । आर्मी पिएम कपमा अपराजित एक्लो टोली हो । सात खेलमा जित निकालेको आर्मी १५ अंक तालिकाको शीर्ष स्थानमा छ । ६ खेलमा जित र तीन खेलमा हार भोगेको सुदूरपश्चिम १२ अंक तालिकाको दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।
पाँच खेलमा जित, तीन खेलमा हार र एक खेलमा अंक बाँडेको एपिएफ भने ११ अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । आठ खेलबाट समान एक अंक जोडेको पुलिस क्लब चौथो र मधेस प्रदेश पाचौँ स्थानमा छन् । आठ खेलबाट आठ अंक बनाएको बागमती प्रदेश भने छैटौँ स्थानमा छ ।
एपिएफले दिएको ३९१ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मधेसले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१६ रनमात्र बनाउन सक्यो । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा मधेस प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा चार विकेटको क्षतिमा ३९० रनको योगफल तयार पारेको हो ।
एपिएफका आशिफ शेखले २०८ रनको योगदान दिनुभयो । उहाँले १४२ बलमा १५ चौका र १७ छक्का हान्दा रिटायर्ट हर्ट हुँदै पेभेलियन फर्कनुभयो । पिएम कप इतिहासमा दोहोरो शतक पूरा गर्ने आशिफ पहिलो खेलाडी हुनुहुन्छ ।
आशिफको कीर्तिमानी प्रदर्शनमा एपिएफले पिएम कपमा कीर्तिमानी लक्ष्य दिएको हो । कप्तान रोहित पौडेलले ७३ बलमा ६ चौका र १ छक्का सहयोगमा ५५ रन थप्नुभयो । दिपक बोहोराले १३ रन बनाउँदा क्याच आउट हुन पुग्नुभयो । सन्दीप जोरा ५६ रन बनाउँदा रूपेश सिंहको बलमा कट एण्ड बोल्ड हुनुभयो । सुमित महर्जन चार रन बनाउँदा रूपेशकै बलमा क्याच आउट हुन पुग्नुभयो ।
लोकेश बम २१ र कमल ऐरी १८ रनमा अविजित रहनुभयो । मधेसका लागि रूपेश सिंहले तीन विकेट लिनुभयो । रञ्जित कुमारले समान एक विकेट लिनुभयो ।
सोमबार नै जनकपुरमा भएको अर्को खेलमा आर्मीले कोशी प्रदेशमाथि १८५ रनको विशाल जित हात पारेको छ । आर्मीले दिएको ३६३ रनको लक्ष्य पछ्याएको कोशी ३६ ओभरमा १७७ रन बनाउँदा अल आउट भएको थियो ।
रामजानकी बहुउद्देश्यीय स्टेडियममा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३६२ रनको विशाल योगफल तयार पारेको हो ।
आर्मीका लागि ओपनर तथा कप्तान विनोद भण्डारीले सर्वाधिक १८९ रनको योगदान दिनुभयो । उहाँले १५० बलमा २१ चौका र पाँच छक्का प्रहार गर्नुभयो ।
भीम सार्कीले ८० रन थप्नुभयो । भीमले ६५ बलमा नौ चौका र तीन छक्का प्रहार गर्नुभयो । जितेन्द्र ठाकुरले २५ बलमा दुई चौका र दुई छक्का सहयोगमा ३१ रन बनाउनुभयो ।
तृतराज दासले ३३ रन बनाउनुभयो भने कुशल मल्ल र बसिर अहमद समान पाँच रनमा पेभेलियन फर्कनुभयो । नरेन साउद नौ र अर्जुन साउद चार रन बनाउँदा रनआउट हुन पुग्नुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि