काठमाडौं । नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ सम्पन्न भएको छ । यस सम्मेलनमा नेपाल र भारतका प्राज्ञहरूले सहभागिता जनाए र उनीहरूको मन्तव्यपछि सम्मेलनको औपचारिक समापन भयो । सम्मेलनमा एकेडेमीले प्रख्यात व्यक्तित्वहरूलाई मानार्थ सदस्यता र विविध पुरस्कारहरू प्रदान गरिएको थियो ।
कार्यक्रमको दौरान एकेडेमीले विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरेको थियो । विशेषगरी, डा.स्वामी केशवानन्द, डा.मानसाग्नि, सुनीता कार्की, डा.दुबसु क्षेत्री, वसन्तकुमार चौधरी र रामचन्द्र तिमोथीलाई ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को मानार्थ सदस्यता प्रदान गरियो । यस अवसरमा एकेडेमीका कुलपति इन्दिरा प्रसार्इंले समालोचक प्राडा.वासुदेव त्रिपाठीलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’ प्रदान गर्नुभएको थियो ।
प्राडा.त्रिपाठीले यस समारोहमा नेपाल र भारतका २६ जना प्राज्ञलाई सम्मानित गर्नुभएको थियो । यी प्राज्ञहरूलाई नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान, सिर्जनात्मक संवर्धन, र ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा योगदान पुर्याएकोमा सम्मान गरिएको थियो । पुरस्कारको राशि प्रत्येकलाई ५० हजार रुपैयाँ दिइएको छ ।
यो पुरस्कार प्राडा.ऋषिराम शर्मा, प्राडा.कपिलदेव लामिछाने, प्राडा.कविता लामा, प्रा.केशव सुवेदी, प्राडा.कृष्णराज घतानी, प्रा.खेमराज जोशी (मरणोपरान्त), प्राडा.चक्रपाणि खनाल, प्राडा.चूडामणि बन्धु, प्राडा.जंगब चौहान, डा.टेकबहादुर छेत्री, प्राडा.दयाराम श्रेष्ठ, प्राडा.दिवाकर प्रधान, डा.दैवकीदेवी तिम्सिना, प्राडा.पुष्प शर्मा, प्राडा.भरतकुमार भट्टराई, प्राडा.महादेव अवस्थी, डा.रजनी काफ्ले ढकाल, डा.राजकुमार क्षत्री, प्राडा.लक्ष्मणप्रसाद गौतम, प्राडा.लेखप्रसाद निरौला, प्रा.शिवगोपाल रिसाल, डा.साधना पन्त ‘प्रतीक्षा’, डा.हर्कबहादुर शाही र संयुक्त रूपमा डा.सञ्जय राई तथा डा.अरुणा राई रहनुभएको छ ।
समारोहमा डा.त्रिपाठीले डा.अम्बिका अर्याल र डा.त्रिभुवन बरईलाई ‘नइ कपिल प्रज्ञा पुरस्कार’ प्रदान गर्नुभयो । यो पुरस्कारसँगै प्रत्येकलाई २५ हजार रुपैयाँ नगद राशी पनि प्रदान गरिएको छ । कार्यक्रमको अन्तिम दिन एकेडेमीले ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ भन्ने बृहत् ग्रन्थका साथै अन्य सामग्रीहरूको छपाइ र सम्पादन कार्यमा योगदान पुर्याउने व्यक्तिहरूलाई ‘नइ सेवा पुरस्कार’ प्रदान गर्यो । पुरस्कार प्राप्त गर्नेहरूमा आयुष्मान शाक्य, लवप्रसाद भण्डारी र सुमन कार्की रहनुभएको छ । प्रत्येकलाई १० हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि