भोजपुर । रैथाने खाना र संस्कृतिको प्रवर्दन गरी पर्यटन विकास गर्ने उद्देश्यका साथ भोजपुरको चखेवामा साेमवारबाट रैथाने खाना महोत्सव सुरू भएकाे छ । महाेत्सवकाे काेशी प्रदेशका सांसद बिनाेद बान्तवाले उदघाटन गर्नुभयाे ।
टेम्केमैयुङ गाउँपालिका, पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा चखेवा होटल तथा होमस्टे व्यवसायी संघको आयोजनामा मुन्दुम पदमार्ग अन्तर्गतको पर्यटकीय क्षेत्र चखेवामा चैत्र ३० गतेदेखि बैशाख दुई गतेसम्म खाना महोत्सवको आयोजना भएकाे हो ।
स्थानीय रैथाने खाना र कृषि उत्पादनको प्रर्वद्धन तथा बजारीकरण साथै मुन्दुम पदमार्गको पर्यटन प्रवर्धनमा टेवा पुर्याउन महोत्सवको आयोजना गरिएको चखेवा होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष बिवेक कुलुङ राईले बताउनुभयाे । महोत्सवले रैथाने खाना प्रवर्धन, पर्यटन विकास र स्थानीय अर्थतन्त्र सुधारमा समेत टेवा पुग्ने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयाे ।
महोत्सवमा २० स्टल छन । सरकारले देशभित्र घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको मुन्दुम पदमार्ग र सो क्षेत्रमा रहेको पर्यटकीय स्थल चखेवा भञ्ज्याङसंगै टेम्के, मैयुङ लगायतका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महोत्सवले टेवा पुग्ने छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि