काठमाडौं । नयाँ वर्ष २०८३ का अवसरमा नेपाल टेलिकमले ‘न्यु इयर अफर’ सार्वजनिक गरेको छ । कम्पनीले यसपटक ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुर्ई अफर ल्याएको छ, जसले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट अनुभव दिने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार ‘न्यु इयर लाइट’ प्याकेजअन्तर्गत ग्राहकले चार सय ९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन पाँच जिबी डाटा चलाउन पाउनेछन् ।
तोकिएको दैनिक पाँच जिबीको सीमा सकिए पनि इन्टरनेट काटिने छैन, बरु दुई एमबिपिएसको गतिमा महिनाभर अनलिमिटेड डाटा प्रयोग गर्न सकिने सुविधा रहेको छ । त्यसैगरी बढी डाटा खपत गर्नेहरूका लागि ‘न्यु इयर प्रिमियम’ प्याकेज रहेको छ । छ सय ९९ रुपैयाँ पर्ने प्याकेजमा प्रतिदिन १० जिबी डाटा उपलब्ध हुनेछ भने दैनिक सीमा सकिएपछि तीन एमबिपिएसको अनलिमिटेड डाटा चलाउन सकिनेछ ।
अफर आगामी वैशाख २ गतेसम्म मात्र लागू हुनेछ । ३० दिने समयावधि रहने उल्लेखित प्याकेजहरू पोस्टपेड मोबाइल प्रयोगकर्ताले खरिद गर्दा त्यसको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि