काठमाडौं । कोका-कोला नेपालले बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा कोका-कोला नेपालको नयाँ ब्राण्ड एम्बासडर घोषणाका साथै फिफा वर्ल्ड कप २०२६ का स्टारहरू, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री पनि प्रस्तुत गरिएको थियो । छिट्टै बजारमा आउने सीमित संस्करणका आधिकारिक कोका-कोला फिफा प्याकको पहिलो झलक पनि देखाइएको थियो ।
सो अवसरमा बोटलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनालेले भन्नुभयो, ‘यो अभियान केवल फुटबलको उत्सवमात्र होइन, फिफाको विश्वव्यापी आकर्षण नेपाली उपभोक्ताको जीवनसँग जोड्ने प्रयास पनि हो । विशेष कोका-कोला फिफा प्याक, रोमाञ्चक गतिविधि र विभिन्न सरप्राइजमार्फत् हामी उपभोक्तालाई अविस्मरणीय अनुभव दिन चाहन्छौं । यसले ब्राण्डप्रतिको आकर्षण बढाउनुका साथै समर्थकहरूको खुसीका क्षणहरूमा कोका-कोलाको भूमिका अझ बलियो बनाउनेछ ।’ कार्यक्रमका मुख्य आकर्षणमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्कालाई कोका-कोला नेपालको नयाँ ब्राण्ड एम्बासडर घोषणा गरिएको थियो ।
त्यसैगरी, अभियानका मुख्य अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अञ्जल विष्ट र अञ्जन राना मगर तथा अभिनेत्री स्वस्तिमा खड्का रहेका थिए । कोका-कोला फिफा विश्वकपको आधिकारिक प्रायोजक रहँदै आएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि