काठमाडौं । सानिमा बैंकले डिजिटल कारोबार प्रवर्द्धनमा ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सफलतालाई मध्यनजर गर्दै बस सेवा क्यासब्याक अभियान पुनः सञ्चालनमा ल्याएको छ । अभियानअन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बस सेवामार्फत् बस टिकट खरिद गर्ने ग्राहकले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् ।
नेपालभित्र यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म तथा भारत यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम चार सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उक्त योजना २०८३ साल वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुने बताइएको छ ।
बैंकले नगदरहित अर्थतन्त्र निर्माणमा योगदान पुर्याउन विभिन्न क्यासब्याक योजना तथा छुटहरू उपलब्ध गराउँदै आएको छ । बस सेवा अभियानका अतिरिक्त सानिमा बैंकका डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न अस्पताल, होटल, रेस्टुरेन्ट तथा अन्य व्यापारिक प्रतिष्ठानहरूमा आकर्षक छुटहरू प्राप्त गर्न सक्ने बताइएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि