काठमाडौं । माइडिया एक्टिम प्लस इन्भर्टर एसी नेपाली बजारमा भित्रिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच अभिनेता राजेश हमालले उक्त एसी अनावरण गर्नुभएको हो । माइडियाले नयाँ उत्पादनमार्फत् आधुनिक जीवनशैलीअनुसार स्मार्ट र शक्तिशाली कुलिङ समाधान उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।
हमालले माइडिया एक्टिम प्लस नेपाली घरपरिवारका लागि उपयोगी प्रविधि भएको उल्लेख गर्दै ऊर्जा खर्च बढिरहेको र गर्मी दिनप्रतिदिन बढ्दै गएको अवस्थामा स्मार्ट तथा प्रभावकारी समाधान आवश्यक रहेको बताउनुभएको थियो । नयाँ माइडिया एक्टिम प्लस एसी अत्याधुनिक डिसी इन्भर्टर प्रविधि र एआई-आधारित प्रदर्शन अनुकूलन प्रणालीसहित तयार गरिएको कम्पनीले जनाएको छ । चिसो तथा तातो दुवै मौसमका लागि उपयुक्त एसीले आरामदायी तापक्रम कायम राख्दै ऊर्जा बचत तथा उच्च प्रदर्शन प्रदान गर्ने बताइएको छ ।
कम्पनीका अनुसार एआई ऊर्जा अनुकूलन प्रणालीले अनुकूल प्रयोग अवस्थामा ७५ प्रतिशतसम्म ऊर्जा बचत गर्न मद्दत गर्छ । प्रयोगकर्ताले माइडिया स्मार्ट होम एपमार्फत् वास्तविक समयमै बिजुली खर्च ट्र्याक गर्न सक्ने सुविधासमेत रहेको छ । स्मार्ट कनेक्टिभिटी सुविधाले स्मार्टफोन, ट्याब्लेट, स्मार्ट स्पिकर तथा स्मार्ट वाचमार्फत् सेटिङ नियन्त्रण गर्न सकिन्छ । प्रि-कुलिङ, तापक्रम समायोजन र भ्वाइस कन्ट्रोलजस्ता सुविधाले प्रयोग अझ सहज बनाउने कम्पनीको दाबी छ । एसीले ५५ डिग्री सेल्सियससम्मको तापक्रममा पनि सञ्चालन गर्न सक्ने क्षमता राख्छ । साथै ९० देखि दुई सय ६५ भोल्टसम्मको भोल्टेज रेन्ज भएकाले शहर तथा ग्रामीण क्षेत्रमा हुने भोल्टेज उतारचढावमा पनि सहज सञ्चालन हुने बताइएको छ ।
एसीमा समावेश एयर म्याजिक टेक्नोलोजी माइडिया ग्रुपको पेटेन्टेड प्रविधि हो, जसले हावामा रहेका ब्याक्टेरिया तथा भाइरसको मात्रा कम गरी वातावरण सफा र स्वस्थकर बनाउन सहयोग पुर्याउने कम्पनीको दाबी छ । नेपालस्थित माइडियाको आधिकारिक बिक्रेता एयर एक्स्पर्ट्सका निर्देशक नवीन भन्सालीले केवल उत्पादन सार्वजनिक गर्ने कार्यक्रम नभई नेपाली उपभोक्तालाई सुविधा र प्रभावकारिताको नयाँ स्तर प्रदान गर्ने पहल भएको बताउनुभएको थियो ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि