काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १९ औं सिजनमा राजस्थान रोयल्सले पहिलो हार व्यहोरेको छ । सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थानलाई ५७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
हैदराबादस्थित राजीव गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१६ रनको विशाल योगफल तयार पारेको थियो । हैदराबादका लागि इशान्त शर्माले विष्फोटक ९१ रनको योगदान दिनुभयो भने हेनरिक क्लासेनले ४० रन बनाउनुभयो । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिनुभयो ।
२१७ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभरमा १५९ रनमै अलआउट भयो । राजस्थानका लागि डोनोभान फरेराले ६९ रन र रविन्द्र जडेजाले ४५ रनको योगदान दिनुभए पनि टोलीलाई जित दिलाउन सक्नुभएन । उहाँहरूले बीचको ओभरमा शतकीय साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गर्नुभएको थियो ।
राजस्थानलाई सस्तैमा समेट्न हैदराबादका डेब्यू खेलाडीद्वय प्रफुल सिंह र साकिब हुसेनले उत्कृष्ट बलिङ गर्दै समान ४–४ विकेट लिनुभयो । त्यस्तै इशान मालिंगाले २ विकेट झार्नुभयो । ब्याटिङतर्फ कप्तान ईशान किशनले अर्धशतकीय पारी खेल्नुभएको थियो । यो हारसँगै राजस्थानको जारी सिजनको अपराजित यात्रा टुङ्गिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि