काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मंगलबार नयाँ वर्षको शुभारम्भको अवसरमा सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उहाँले सबैको जीवन सुखमय रहोस् भन्ने कामना गर्नुभएको हो ।
प्रधानमन्त्री शाहले आफ्नो शुभकामना सन्देशमा संस्कृत श्लोक ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥’ उद्धृत गर्दै संसारका सबै प्राणीको सुख र निरोगिताको प्रार्थना गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् । सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस् ।”
नयाँ वर्षले नेपाली समाजमा सकारात्मक ऊर्जा र आपसी सद्भाव थप प्रगाढ बनाउने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो सन्देशमार्फत समृद्ध नेपाल निर्माणका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको समेत उल्लेख गर्नुभएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि