काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार चेतावनी दिँदै हर्मुज जलसन्धिमा जारी अमेरिकी नाकाबन्दीको नजिक कुनैपनि इरानी जहाज आएमा अमेरिकी सेनाले त्यसलाई नष्ट गर्ने बताउनुभएको छ ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानको नौसेना समुन्द्रको फेदमा पुगिसकेको र पूर्ण रूपमा ध्वस्त भएको बताउनु भयो । सैन्य विश्लेषकहरूले यसअघि इरानको नौसेनामा परम्परागत ठूला जहाजहरूका साथै साना र तिब्र गतिका डुङ्गाहरू पनि सामेल रहेको बताउँदै आएका छन् ।
यी साना डुङ्गाहरू विशेष गरी हर्मुज जलसन्धि जस्ता साँघुरा जलमार्गहरूमा छापामार शैलीको सैन्य कारबाहीका लागि तयार पारिएका हुन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि