नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा कोलकाता नाइट राइडर्स (केकेआर)ले चौथो हार बेहोरेको छ । मंगलबार राती आफ्नो घरेलु मैदान चेपकमा चेन्नई सुपर किंग्सले केकेआरलाई ३२ रनले पराजित गरेको हो । १९२ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १६० रनमात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो ।
चेन्नईका लागि नूर अहमदले तीन विकेट लिनुभयो । उहाँले कप्तान अजिंक्य रहाणे (२८ रन), क्यामरून ग्रीन (०) र रिंकु सिंह (६ रन) लाई आउट गर्नुभयो । केकेआरले ९० रनमा ६ विकेट गुमाएको थियो । रोभमन पावेल र रमनदीप सिंहले अर्धशतकीय साझेदारी गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।
चेन्नईको इनिङ्समा सञ्जु सामसनले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतले ४८ रन बनाउनुभयो । डेवाल्ड ब्रेभिसले २९ बलमा ४१ रन बनाउनुभयो । आयुष म्हात्रेले १७ बलमा ३८ रन बनाउँदा ६ चौका र २ छक्का प्रहार गर्नुभयो । केकेआरका लागि कार्तिक त्यागीले दुई विकेट लिनुभयो । वैभव अरोरा, अनुकूल रोय र सुनिल नारायणले एक-एक विकेट लिनुभयो । चेन्नईले सिजनको आफ्नो दोस्रो खेल जितेको हो । टोली चार अंकका साथ अंक तालिकामा आठौँ स्थानमा छ । यसैबीच, कोलकाता चार खेल हारेपछि पुछारमा छ । एजेन्सी



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि