काठमाडौं । आइसिसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न रुवाण्डा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको हो ।
नेपालले इन्दु बर्माको कप्तानीमा अप्रिल १८ देखि मे १ सम्म रुवाण्डामा हुने प्रतियोगितामा अमेरिका, भानुआटु र रुवाण्डासँग डबल राउण्ड रोबिन लिगमा प्रतिस्पधा गर्नेछ । नेपाली महिला टोली पहिलोपटक रुवाण्डा गएर खेल्न लागेको हो । घाइते भएपछि मैदानबाहिर रहनुभएकी कप्तान इन्दु यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा फर्किनुभएको छ ।
बिदाइ कार्यक्रममा कप्तान इन्दुले प्रतियोगिताका लागि आफू सम्पूर्ण रूपमा तयार रहेको बताउनुभयो । विगतका खेलमा भएका कमीकमजोरी सुधार गर्दै जित हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रने उहाँको भनाइ थियो ।
नेपाली टोलीको कप्तानमा इन्दु र उपकप्तानको जिम्मेवारीमा पूजा महतो रहनुभएको छ । टिममा विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनिषा उपाध्याय, रूविना क्षेत्री र रचना चौधरी हुनुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि