काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको लिग चरण सकिएसँगै आगामी सिजनको जय ट्रफी क्रिकेट प्रतियोगिता खेल्ने ६ टोलीको टुंगो लागेको छ । प्रतियोगिताको शीर्ष ६ स्थानमा रहने टोलीले जय ट्रफीमा स्थान बनाउने प्रावधानअनुसार तीन विभागीयसहित ६ टोली छनोट भएका हुन् ।
लिग चरणको अन्त्यसम्म त्रिभुवन आर्मी क्लब १७ अंकसहित शीर्ष स्थानमा रह्यो । आर्मी प्रतियोगितामा आफूले खेलेका सबै खेल जित्ने एकमात्र टोली बन्यो । सुदूरपश्चिम प्रदेश १२ अंकसहित दोस्रो, एपिएफ क्लब ११ अंकसहित तेस्रो र समान ११ अंक भए पनि रनरेटमा पछि पर्दै मधेस प्रदेश चौथो स्थानमा रह्यो । नेपाल पुलिस क्लब नौ अंकसहित पाँचौं र लुम्बिनी प्रदेश समान नौ अंकसहित छैटौं हुँदै जय ट्रफीका लागि छनोट भए ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको लिग चरण सकिएसँगै आगामी सिजनको जय ट्रफी क्रिकेट प्रतियोगिता खेल्ने ६ टोलीको टुंगो लागेको छ । प्रतियोगिताको शीर्ष ६ स्थानमा रहने टोलीले जय ट्रफीमा स्थान बनाउने प्रावधानअनुसार तीन विभागीयसहित ६ टोली छनोट भएका हुन् ।
समान नौ अंक जोडेको गण्डकी प्रदेश भने नेट रनरेटका आधारमा सातौं स्थानमा सीमित रहँदै जय ट्रफीमा स्थान बनाउन असफल भयो । त्यसैगरी, बागमती प्रदेश आठ अंकसहित आठौं, कर्णाली प्रदेश तीन अंकसहित नवौं र कोशी प्रदेश एक अंकसहित पुछारमा रह्यो । कोशी प्रदेशले प्रतियोगिताभर एक खेल पनि जित्न सकेन ।
बुधबार सम्पन्न खेलमा आर्मी क्लबले लुम्बिनी प्रदेशलाई एक विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राख्यो । जनकपुरस्थित रामजानकी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ३९.२ ओभरमा १३८ रनमै समेटिएको थियो । जवाफमा आर्मीले २५.२ ओभरमा नौ विकेट गुमाउँदै १४१ रन बनाएर लक्ष्य पूरा गर्यो । आर्मीका लागि कुशल मल्लले ४१ रन बनाउनुभयो भने अर्जुन साउदले २८ र भीम सार्कीले १८ रन जोड्नुभयो । लुम्बिनीका सन्तोष यादवले पाँच विकेट लिँदा निर्मल गुरुङले चार विकेट लिनुभयो ।
त्यसअघि लुम्बिनीका रञ्जित खड्का २८, देव खनाल २३, आकाश त्रिपाठी २१ र प्रज्ज्वल थापाले १५ रन बनाउनुभयो । आर्मीका कुशल मल्लले चार तथा भीम सार्की र नरेन साउदले दुई–दुई विकेट लिनुभएको थियो ।
अर्को खेलमा मधेस प्रदेशले नेपाल पुलिस क्लबलाई चार विकेटले हरायो । वीरगञ्जस्थित नारायणी रंगशालामा पहिले ब्याटिङ गरेको पुलिस ४०.३ ओभरमा १३० रनमै समेटिएको थियो । मधेसले २४.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । अरनिको यादवले अविजित ६५ रनको उत्कृष्ट इनिङ्स खेल्नुभयो भने रूपेश सिंह २७ रनमा अविजित रहनुभयो ।
पुलिसका लागि कुशल भुर्तेलले ३९ र शंकर रानाले २७ रन बनाउनुभयो । मधेसका पवन सर्राफ, रञ्जित कुमार र आशिक बैठाले तीन–तीन विकेट लिनुभएको थियो । यससँगै प्रधानमन्त्री कपको लिग चरण सम्पन्न भएको छ भने शीर्ष ६ टोलीले आगामी जय ट्रफीमा प्रतिस्पर्धा गर्नेछन् ।
चनाराले गरे प्रदेशबाट नखेल्ने घोषणा
कर्णाली प्रदेशका मध्यम गतिका बलर अनुज चनाराले प्रदेशको क्रिकेट टिमबाट आफूलाई अन्याय गरेको भन्दै प्रदेश क्रिकेट टिमबाट नखेल्ने घोषणा गर्नुभएको छ । जनकपुर र पर्सामा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आफूमाथि बारम्बार अन्याय भएको भन्दै उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले प्रदेशको टिमबाट नखेल्ने घोषणा गर्नुभएको हो ।
‘ममाथि विगत तीन वर्षयता टिमबाट भएको व्यवहारका कारण म यो लेख्न बाध्य भएको छु’, उहाँले लेख्नुभएको छ । अनुजले आफूलाई टिममा उचित स्थान नदिएको भन्दै सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको हो । उहाँले २०८१ बाट नै आफूलाई टिमले हेयको भावले हेरेको र प्रदर्शन राम्रो हुँदै गर्दा पनि उचित मूल्यांकन नभएको भन्दै लामो स्टाटसमा लेख्नुभएको छ । चनारा यू-१९ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसम्म अटाएका खेलाडी हुनुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि