काठमाडौं । नेपाल इन्ष्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेन्ट(नाइस)की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द महासागरमा पहुँचले नेपाललाई ‘अप्रत्यक्ष रूपमा समुद्री देश’ बनाउने बताउनुभएको छ । १०-१२ अप्रिल २०२६ मा मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलन २०२६ मा समुद्री कानुन र शासन सत्रमा बोल्दै उहाँले भूपरिवेष्ठित तर समुद्रमा निर्भर देशका रूपमा नेपालको अद्वितीय अवस्था रहेको बताउनुभयो । कार्कीले नेपालले भारतसँग खुला, छिद्रपूर्ण र धेरै हदसम्म अनियमित सीमाले नेपाली नागरिकहरूलाई भिसा वा राहदानीबिना आवतजावत गर्न अनुमति दिएको बताउनुभयो । सामुन्द्रिक सहज आवागमनले नेपाललाई भारतीय भूभाग हुँदै हिन्द महासागरमा पहुँच गर्न सक्षम बनाउने र नेपाल ‘अप्रत्यक्ष रूपमा समुद्री देश’ भएको उहाँको भनाइ थियो ।
नेपालका लागि हिन्द महासागरको रणनीतिक तथा आर्थिक महत्त्वबारे प्रकाश पार्दै सुश्री कार्कीले देश अन्तर्राष्ट्रिय व्यापारका लागि समुद्री मार्गहरूमा अत्यधिक निर्भर रहेको र नेपालको आयात–निर्यातको ठूलो हिस्सा भारतीय बन्दरगाह विशेष गरी कोलकाता बन्दरगाह र विशाखापट्टनम बन्दरगाहमार्फत् पारवहन हुने गरेको जानकारी गराउनुभयो । हिन्द महासागर क्षेत्रमा स्थिरता र सहकार्य नेपालको आर्थिक सुरक्षाका लागि अति आवश्यक रहेको उहाँको भनाइ थियो । कार्कीले रणनीतिक स्वायत्तता कायम राख्ने नेपालको विदेश नीतिको अडान पुनः दोहोर्याउँदै नेपाल भूराजनीतिक प्रतिस्पर्धामा नतानिने र सैन्य वा रणनीतिक गठबन्धनभन्दा आर्थिक सहकार्यलाई प्राथमिकता दिने बताउनुभयो ।
कार्कीले हिन्द महासागर र इण्डो-प्यासिफिक मामिलामा नाइसको बढ्दो संलग्नताबारे समेत चर्चा गर्दै नाइस नेपालको एकमात्र थिंक ट्यांक भएको, जसले आफ्नो इण्डो-प्यासिफिक मामिला केन्द्रमार्फत् हिन्द महासागरका विषयमा केन्द्रित अध्ययन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार हालसम्म नाइसले हिन्द महासागर तथा इण्डो-प्यासिफिक गतिशीलताबारे ५० भन्दा बढी छलफल आयोजना गरेको छ र नेपाल्स आउटलुक टु द इण्डो-प्यासिफिक प्रकाशनमार्फत् नीतिगत बहसमा योगदान दिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि