काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक बिक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स-८ सिरिजअन्तर्गत दुर्ई स्मार्टफोन पोको एक्स-८ प्रो ५ जि र एक्स-८ प्रो म्याक्स ५ जी सार्वजनिक गरेको छ । पोको एक्स-८ प्रो ५ जीमा फ्ल्यागसिप डाइमेनसिटी ८५ सय अल्ट्रा प्रोसेसर रहेको छ, जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्छ । जसमा ६५ सय एमएच पावरको ठूलो ब्याट्री रहेको छ ।
कम्पनीका अनुसार ५० एमपी मुख्य क्यामेरा, आठ एमपी अल्ट्रावाइड क्यामेरा र २० एमपी फ्रन्ट क्यामेरा भएकाले तस्वीर खिच्दा वा भिडियो बनाउँदा उत्कृष्ट अनुभवको महसुस गर्न सकिन्छ । डिस्प्लेमा ६.५९ इन्चको १.५ के रेजोलुसनसहित १२० एचजेड अल्ट्रा-ब्राइट एमोलेड स्क्रिन रहेको छ, जसमा उच्च ब्राइटनेस र डिमिङको फिचरसमेत उपलब्ध छ । त्यसबाहेक पोको एक्स-८ प्रो ५ जीमा आइपी ६८ को रेटिङको सुविधा भएकाले पानी र धुलोबाट बचाउनुका साथै लामो समयसम्म टिकाउ राख्न मद्दत गर्नेछ । पोको एक्स-८ प्रो म्याक्स ५ जीमा फ्ल्यागसिप डाइमेनसिटी ९५ सय एस चिपसेट जडान गरिएको छ । ५० एमपी मुख्य क्यामेरा, आठ एमपी अल्ट्रा-वाइड क्यामेरा र २० एमपी फ्रन्ट क्यामेरा रहेको छ ।
टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले भन्नुभयो, ‘पोको एक्स-८ सिरिज केवल गेम खेल्नेमात्र होइन, यो उनीहरूका लागि डिजाइन गरिएको हो, जसले हरेक कुरामा उत्कृष्टता खोज्ने गर्छन् । यसमा रहेका असाधारण फिचरहरू फ्ल्यागसिपस्तरको प्रोसेसिङ पावर, आकर्षक डिस्प्ले, टिकाउसहितको डिजाइन, क्रिएटिभिटी र विश्वसनीयता सन्तुलनमा राख्नेछ । पोको एक्स-८ प्रो ५ जी दुर्ई भेरियन्टमा उपलब्ध छ । आठ जिबी प्लस २५६ जिबी भेरियन्टको बजार मूल्य ६३ हजार नौ सय ९९ र १२ प्लस ५१२ जिबीको मूल्य ७३ हजार नौ सय ९९ रहेको छ । त्यस्तै एक्स-८ प्रो म्याक्स ५ जी १२ प्लस २५६ जिबीको मूल्य ७९ हजार नौ सय ९९ र १२ प्लस ५१२ जिबीको मूल्य ८९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । पोकोले नौ महिनासम्मको इएमआई र एक वर्षको ब्राण्ड वारेन्टीको सुविधा दिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि