काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १९औँ वार्षिकोत्सवका अवसरमा सिटिजन ‘डिजिटल मन्थ उत्सव’ १९औँ एनिभर्सरी सेलिब्रेसन क्याम्पियन २०२६ नारासाथ वैशाख ३१ गतेसम्म भव्य रूपमा मनाउने भएको छ । २०८३ वैशाख महिनाभर सञ्चालन हुने छुट अवसरमा बैंकले विभिन्न कार्यक्रमसाथ ग्राहकलाई पनि विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्ने भएको छ ।
सो अवधिमा बैंकका ग्राहकले आफ्नो निष्क्रिय डेबिट कार्ड पिओएसमार्फत् सक्रिय गराएमा कारोबार रकमको १९ प्रतिशत वा अधिकतम् १९० क्यास ब्याक, मोबाइल बैंकिङ अथवा डिजी बैंकमार्फत् ई-कम कार्ड अनुरोध गरेमा ५० प्रतिशत छुट, निष्क्रिय व्यावसायिक क्युआर भएका ग्राहकले आफ्नो सक्रिय गराएमा कारोबार रकमको १९ प्रतिशत वा अधिकतम् १९० क्यास ब्याक, होटल तथा रेष्टुरेन्टहरूमा पिओएस मेसिन जडान गर्दा कारोबार शुल्कमा निश्चित प्रतिशत छुट, मोबाइल बैंकिङ अथवा डिजी बैंकमार्फत् लकर सुविधा अनुरोध गरेमा वार्षिक शुल्कमा ५० प्रतिशत छुट, पारिवारिक सदस्यको नयाँ खाता रिफर गरेमा प्रतिखाता सय रुपैयाँ क्यास ब्याक, मोबाइल बैंकिङमार्फत् इन्टरनेसनल रेमिटको रकम भुक्तानी लिएमा दुई सय रुपैयाँ क्यास ब्याक जस्ता सुविधा प्रदान गर्ने भएको छ ।
उल्लेखित सबै योजना बैंकले आफ्नो वार्षिकोत्सव थप उत्साहपूर्ण बनाउन र डिजिटल कारोबार थप प्रवर्द्धन गर्ने उद्देश्यले ल्याएको जनाएको छ । साथै बैंकले सिटिजन्स फोनेपे क्रेडिट कार्डमा डिजिटल भुक्तानी प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट अफरसमेत घोषणा गरेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि