काठमाडौं । सिक्किम कला तथा साहित्य महोत्सव (साल्फ)को नयाँ संस्करणको घोषणा गरिएको छ । सिक्किम सरकारको शिक्षा विभागअन्तर्गतको विद्यार्थी कल्याण बोर्ड र जयपुर साहित्य महोत्सवका निर्माता टिमवर्क आर्ट्सको सहकार्यमा आयोजना हुन लागेको महोत्सव आगामी अप्रिल २६ देखि २८ सम्म गान्तोकको प्रसिद्ध रिज पार्कमा सञ्चालन हुनेछ ।
मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष पहलमा हुने महोत्सवले विश्वभरका प्रख्यात वक्ता र साहित्यकारलाई एउटै थलोमा उभ्याउने लक्ष्य राखेको छ । महोत्सवको दोस्रो संस्करणमा विलियम डालरिम्पल, नमिता गोखले, मामाङ दाइ, रञ्जित होस्कोटे, रोबिन एस. न्गाङगोम र चुडेन काबिमोजस्ता दिग्गज साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा इतिहास, पारिस्थितिकी, पहिचान र कविताजस्ता गम्भीर विषयमा केन्द्रित रहेर ‘द गोल्डेन रोड’, ‘द वाइल्ड पल्स’ र ‘इकोज अफ भर्स’जस्ता सत्रहरू सञ्चालन गरिने बताइएको छ । साथै मानसिक स्वास्थ्य र सांस्कृतिक स्मृतिका विषयमा हुने विशेष छलफलले दर्शकको सहभागितालाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ ।
सांस्कृतिक पूर्वाधारको विकास र युवा पुस्तालाई रचनात्मक कार्यमा जोड्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ । टिमवर्क आर्ट्सका सञ्जय के. रोय र सैयद शम्स जावेदले उक्त प्लेटफर्मलाई विश्वव्यापी सांस्कृतिक आदानप्रदानको केन्द्र बनाउन सकिने बताउनुभयो । कार्यक्रमले सिक्किमको कला र साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनुका साथै स्थानीय अर्थतन्त्रमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि