काठमाडौं । एनसेल र हिमालयन जाभा कफीबीचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि सुरु भएको विशेष अफरअन्तर्गत एनसेल ग्राहकले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउन सक्ने भएका छन् । हालैमात्र एनसेल र हिमालयन जाभा कफीबीच साझेदारीका लागि सम्झौता भएको छ । कम्पनीका अनुसार उक्त साझेदारीले ग्राहकको भेटघाट, बैठक र जमघटलाई थप रमाइलो र अर्थपूर्ण बनाउनेछ । चार सय ९९ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकले एक कफ कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्नेछन् । त्यतिमात्रै होइन, तेस्रो कप कफी खरिदमा उनीहरूले ३० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
त्यसैगरी २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकले ९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । त्यसबाहेक ९९ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय रहेका सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भन्नुभयो, ‘सम्बन्ध राम्रा अनुभवसाथ झन् प्रगाढ बनाउनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं । हिमालयन जाभा कफीसँगको साझेदारीमार्फत् हामीले हाम्रा ग्राहकलाई व्यस्त दैनिकीबाट केही समय निकाल्न, एकअर्कासँग जोडिन अनि जीवनका साना–साना खुसीहरू साट्न थप कारण दिइरहेका छौं । अफरले कफीको हरेक कपलाई अझ अर्थपूर्ण बनाँउछ ।’
कम्पनीका अनुसार अफर उपयोग गर्न निकै सहज छ । कुनै पनि किसिमको दर्ता प्रक्रियाको झन्झट ग्राहकहरूले लिन पर्दैन । मात्र एनसेलको सक्रिय योग्य प्याक वा रेन्टल प्लान भएको हुनुपर्छ । छुट प्राप्त गर्नका लागि ग्राहकले एनसेल एपमा गएर ‘पार्टनर्ड सर्भिसेस’ भित्र रहेको ‘हिमालयन जाभा कफी’ छानेर छुट अफरका लागि आफ्नो व्यक्तिगत योग्यता हेर्न सक्छन् । एउटा बिलमा एउटामात्र छुट लागू हुन्छ र ग्राहकको योग्यताका आधारमा उपलब्ध सबैभन्दा धेरै छुट स्वतः लागू हुन्छ । हिमालयन जाभा कफीका संस्थापक आनन्द गुरुङले भन्नुभयो, ‘एनसेलसँगको यो साझेदारीमा नेपालभरका कफीप्रेमीहरूलाई रोमाञ्चक अफरहरू ल्याउन पाउँदा हामी निकै उत्साहित छौं । हिमालयन जाभाको प्रिमियम कफीप्रतिको लगाव र एनसेलको अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने प्रतिबद्धतालाई यो सहकार्यले बढावा दिएको छ ।’ योजनाको लाभ लिन ग्राहकले अर्डर दिने बेला एनसेल एपको ‘लाइभ’ स्क्रिन हिमालयन जाभाका कर्मचारीहरूलाई देखाउनुपर्छ, स्क्रिन सट मान्य हुँदैन ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि