कोलोम्बो । मध्यपूर्वको द्वन्द्व विस्तारिँदै हिन्द महासागरसम्म प्रभाव पारिरहेका बेला श्रीलंकाले आफ्नो भूमिमा आश्रय लिएका २३८ इरानी नाविकलाई स्वदेश फिर्ता गरेको जनाएको छ । अमेरिकी पनडुब्बी आक्रमणपछि समुद्रमा संकटमा परेका ती नाविकलाई उद्धार गरी मानवीय आधारमा संरक्षण दिइएको थियो ।
श्रीलंकाका उप-रक्षामन्त्री अरुणा जयसेकराका अनुसार मार्च ४ मा श्रीलंकाको समुद्री क्षेत्रमा आक्रमणमा परेको इरानी युद्धपोत ‘आइआरआइएस डेना’ बाट ३२ जना नाविकलाई उद्धार गरिएको थियो । साथै, अर्को इरानी जहाज ‘आइआरआइएस बुसेहर’ का २०६ जना नाविकलाई मंगलबार स्वदेश फर्काइएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘आइआरआइएस बुसेहर’ का केही प्राविधिक नाविक जहाज सञ्चालनका लागि फर्किएका छन् भने ‘आइआरआइएस डेना’ बाट उद्धार गरिएका २०६ जना नाविकलाई चार्टर्ड विमानमार्फत इरान पठाइएको हो । यसअघि श्रीलंकाको उत्तरपूर्वी क्षेत्र त्रिन्कोमालीमा लंगर गरिएको ‘आइआरआइएस बुसेहर’ सञ्चालनका लागि १५ जना इरानी नाविक अझै त्यहीँ रहने बताइएको छ ।
इरानी अधिकारीले ‘आइआरआइएस डेना’ माथिको आक्रमणलाई मध्यपूर्वको युद्ध हिन्द महासागरसम्म फैलिएको संकेतका रूपमा व्याख्या गरेका छन् । अमेरिका र इजरायलसँगको द्वन्द्वको प्रारम्भिक चरणमै भएको उक्त आक्रमणमा १०४ जना नाविकको ज्यान गएको जनाइएको छ । तीमध्ये ८४ जनाको शव उद्धार गरी स्वदेश पठाइसकिएको छ ।
गत महिना श्रीलंकाका लागि इरानी राजदूत अलिरेजा डेलखोसले कोलम्बोसँग ‘आइआरआइएस बुसेहर’ का नाविकहरूको फिर्तीका विषयमा वार्ता भइरहेको जानकारी दिनुभएको थियो । श्रीलंकाले उक्त जहाजलाई सुरक्षित बन्दरगाह उपलब्ध गराएको थियो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकले सन् १९०७ को हेग महासन्धि अनुसार मानवीय आधारमा इरानी नाविकलाई संरक्षण प्रदान गरिएको स्पष्ट पार्नुभएको छ । तर, दोस्रो इरानी जहाजका सबै नाविकलाई देश छोड्न अनुमति दिइएको कानुनी आधारबारे भने तत्काल स्पष्ट हुन सकेको छैन ।
यसैबीच, श्रीलंकाले आफ्नो तटस्थता कायम राख्ने नीति अनुरूप अमेरिकी लडाकू विमानलाई देशभित्र स्थलगत सुविधा प्रयोग गर्न अनुमति नदिएको पनि जनाइएको छ । उता, तेस्रो इरानी जहाज ‘आइआरआइएस लाभन’ १८३ जना चालक दलसहित मार्चको सुरुआतमै भारतको कोची बन्दरगाहमा शरण लिन पुगेको थियो । त्यसपछि सो जहाजका १०० भन्दा बढी गैर–आवश्यक चालक दलका सदस्य भारतबाट बाहिरिएका छन् । रासस/एएफ्पी





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि