काठमाडौं । चलचित्र ‘बुकी’को पहिलो प्रिमियर सो जापानमा हुने भएको छ । विवशकुमार माझी र मोहन केसीको संयुक्त निर्देशनमा बनेको यस चलचित्रको प्रिमियर आगामी ६ मे (वैशाख २३) मा जापानको ओसाकास्थित ‘मिनातो कुमिन सेन्टर’मा गरिने निर्माण पक्षले जनाएको छ ।
बुधबार सार्वजनिक गरिएको पोस्टरमार्फत प्रिमियरको मिति र स्थानबारे जानकारी दिइएको हो । पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरेलाई प्रस्तुत गरिएको छ ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्को प्रस्तुति रहेको ‘बुकी’मा लक्ष्मीनाथ तिमल्सिना, घनु जोशी, अनु दाहाल, निशा बजगाईं, सन्दीप बाबु लोहनी लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रले खेलकुद र प्रकृतिबीचको सम्बन्धलाई कथावस्तुका रूपमा प्रस्तुत गर्ने जनाइएको छ ।
यसैवर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रका निर्माता लक्ष्मण सापकोटा, अमिशा काउचा थापा मगर र रमेश थापा हुनुहुन्छ भने कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहनुभएको छ । चलचित्रको छायांकन विकास गन्दर्भले गर्नुभएको हो भने सम्पादन भुपेन्द्र अधिकारी र रोहन कुमालले गर्नुभएको छ । यसमा सुविन सञ्चुरीको पार्श्व संगीत र श्याम कुँवरको रंग संयोजन छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि