काठमाडौं । चलचित्र ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक गरिएको छ । सार्वजनिक झलकले चलचित्रको कथावस्तुबारे केही संकेत गर्दै दर्शकमाझ उत्सुकता बढाएको छ ।
चलचित्रमा अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा देखिनुभएको छ । चलचित्रको छायांकन कार्य सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ । भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘मास्टर्नी’लाई सुभेन्दू घोषले निर्देशन गर्नुभएको हो ।
‘क्राइम थ्रिलर मर्डर मिस्ट्री’ जनरामा निर्माण गरिएको यस चलचित्रको कथा स्वयं प्रियंका कार्कीले लेख्नुभएको हो भने पटकथा सान बस्न्यातले तयार पार्नुभएको छ ।
चलचित्रकी कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुनुहुन्छ । चलचित्रमा प्रियंका कार्कीका साथै सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि