काठमाडौं । टेलिभिजनको हास्य सो ‘कमेडी दरबार’ को तेस्रो सिजन शुक्रबारदेखि आउँदै छ । यो शो हरेक शुक्रबार राति प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युबमार्फत प्रसारण हुनेछ ।
नयाँ वर्ष २०८३ को सुरुवातसँगै निर्माण टिमले छायांकन सुरु गरेको छ । सोमबार पुतलीसडकस्थित स्टुडियोमा दुई भागको सुटिङ सम्पन्न गरिएको जनाइएको छ । जसमा दुई चलचित्रका टिमको उपस्थिती थियो । पहिलो भागको रूपमा ‘मितज्यू’ चलचित्रको टिमबाट दयाहाङ राई, सौगात मल्ल, शिशिर बाङ्देल, तेरिया मगर पाहुनाको उपस्थित हुनुहुन्थ्यो भने दोस्रो भागको रूपमा ‘पहाड’ को टिम सहभागी थियो ।
पहिलो र दोस्रो सिजनको लोकप्रियतापछि तेस्रो सिजनमा केही परिवर्तन गरिएको जनाइएको छ । यसपटक सेटमा केही परिवर्तन देख्न पाइनेछ । जज प्यानलमा यसअघि दुईजना (महाराजा र महारानी) थिए भने अहिले थप एकजना कलाकारलाई रानीको रूपमा भित्र्याइएको छ ।
रानीको भूमिकामा अभिनेत्री दीया मास्के भित्रिनुभएको छ । महारानीको रूपमा गौरी मल्ल र महाराजाको रूपमा मनोज गजुरेल यथावत हुनुहुन्छ । यस्तै, तीन कमेडियन पनि भित्रिएका छन् । कमेडियन दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बाको पनि प्रवेश भएको छ ।
शोलाई श्रद्धा प्रसाईं र बिक्की अग्रवालले निर्देशन गर्दै आउनुभएको छ भने होस्टमा बिक्कीसँगै सजिना खनाल रहनुभएको छ । लेखनमा सरोज भण्डारी र विकास अर्याल हुनुहुन्छ । यसअघिका कमेडियन कलाकार सिडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा र विकास अर्याल यथावत हुनुहुन्छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि