काठमाडौं । प्रताप दासको स्वरमा रहेको गीत ‘धोका’ सार्वजनिक गरिएको छ । प्रेममा हुने विश्वासघात र त्यसपछि उत्पन्न हुने भावनात्मक उतारचढावलाई केन्द्रमा राखेर तयार पारिएको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा विष्णु भण्डारीको शब्द रचना र सरोज पोखरेलको संगीत छ । संगीत संयोजन (एरेन्ज) तथा मिक्सिङ–मास्टरिङ दिवेश राईले गर्नुभएको छ ।
भिडियोतर्फ, दिनेश पराजुलीको कोरियोग्राफी र केशवराज भट्टको निर्देशन छ । भिडियोमा स्मारिका ढकाल र सुशान्त ढकालको अभिनय देख्न सकिन्छ । कथालाई थप रोचक बनाउन स्मारिकालाई डबल रोलमा प्रस्तुत गरिएको छ, जसले प्रेम, धोका र बदलाको भावलाई नाटकीय रूपमा देखाएको छ । गीतको भिडियो संगीतकार सरोज पोखरेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि