कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–३ मा ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार वैशाख १ गते राति करिब ११:२० बजे बालिका आफ्नै घरमा रहेको अवस्थामा वडा नं. ४ का एक युवकले उक्त अपराध गरेको सूचना प्राप्त भएको थियो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी नायब निरीक्षक रविन्द्र केसीको कमाण्डमा टोली खटिएको थियो। टोलीले घटनास्थलमै पुगेर आरोपितलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले पीडित र आरोपित दुवैको गोपनीयता कायम राख्न संकेत नम्बर ५९ (झ) र ५९ (एफ) प्रयोग गरेको छ।
पीडित बालिकालाई तत्काल उपचारका लागि योगी नरहरिनाथ आधारभूत अस्पताल कुमालगाउँ लगिएको थियो। त्यहाँको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला स्वास्थ्य अस्पताल कालीकोटमा सारिएको छ।
प्रहरी निरीक्षक गणेश जवालीका अनुसार बालिकाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि