काठमाडाैं । अन्तर्राष्ट्रिय प्रतिष्ठित पत्रिका टाइम म्यागेजिनले सार्वजनिक गरेको विश्वका प्रभावशाली १०० व्यक्तिहरूको सूचीमा नेपालका प्रधानमन्त्री बालेन शाह पनि समावेश हुनुभएको छ।
३५ वर्षीय शाह नेपालको प्रधानमन्त्री बन्नुभएपछि उक्त सूचीमा स्थान पाउनुभएको हो। म्यागेजिनले उहाँलाई हालै मार्च महिनामा नेपालको कम उमेरका प्रधानमन्त्रीमध्ये एकका रूपमा चयन हुनुभएको उल्लेख गरेको छ। साथै, उहाँको उल्लेखनीय जितले भदौ महिनामा भएको प्रदर्शनबाट उत्पन्न जनभावनालाई थप उर्जा दिएको पनि जनाइएको छ।
त्यसैगरी जेनजी आन्दोलनले नेपालको परम्परागत नेतृत्वलाई एकैपटक चुनौती दिएको सन्दर्भमा पनि उहाँको उदयलाई जोडेर प्रस्तुत गरिएको छ । म्यागेजिनमा उहाँलाई सामान्यतया ‘बालेन’ भनेर चिनिने र सिभिल इन्जिनियरिङ पृष्ठभूमि भएको व्यक्तित्वका रूपमा वर्णन गरिएको छ ।
उहाँको सक्रियता, पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धताले नै उहाँलाई यसअघि काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित गराएको उल्लेख गरिएको छ । साथै, दक्षिण एसियामा वंशवादी राजनीतिप्रति बढ्दो अस्वीकारको प्रतीकका रूपमा पनि उहाँको उदयलाई हेरिएको छ।
मेयरको रूपमा रहँदा उहाँले फोहोर व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण सफलता हासिल गर्नुभएको म्यागेजिनले उल्लेख गरेको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि