काठमाडौं । उपसभामुख रूवीकुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उहाँले दहेजमुक्त समाज निर्माण आफ्नो पुरानै प्रतिबद्धता भएको उल्लेख गर्नुभएको छ ।
उहाँका अनुसार पछिल्लो समय प्राप्त भइरहेका विवाहका निमन्त्रणापत्रहरूमा दहेजमुक्त भन्ने स्पष्ट सन्देश नदेखिनुले समाज अझै पनि कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको देखाउँछ। दाइजो लिनु–दिनु मात्र होइन, त्यस्तो अभ्यासमा आधारित विवाहलाई स्वीकार गर्नु, कार्यक्रममा उपस्थित हुनु वा भोज ग्रहण गर्नु समेत अस्वीकार्य व्यवहार भएको उहाँको भनाइ छ। यसले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष असर पार्ने उहाँले बताउनुभएको छ।
उहाँले समाज रूपान्तरणका लागि व्यक्तिगत तहबाटै पहल आवश्यक हुनेमा जोड दिँदै सानो प्रयासले पनि ठूलो परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ। सोही कारण आफूले दाइजो लेनदेन भएका विवाहमा सहभागी नहुने निर्णय लिनुभएको जानकारी दिनुभएको छ।
साथै, उहाँले दहेजमुक्त, समानतामा आधारित र सभ्य विवाह संस्कारलाई प्रोत्साहन गर्न सबैमा अपिल गर्नुभएको छ। विवाह निमन्त्रणापत्रमै दाइजोविरुद्ध स्पष्ट सन्देश समावेश गर्न आग्रह गर्दै उहाँले सामूहिक प्रयासबाट मात्रै दाइजोमुक्त समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि