काठमाडाैं । अमेरिकी सेनाले बुधवार दाबी गरेको छ कि अमेरिकी नाकाबन्दीको पहिलो ४८ घण्टामा कुनै पनि जहाज इरानी बन्दरगाहहरूमा प्रवेश गर्न वा बाहिर निस्कन सफल भएका छैनन् ।
अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने र बाहिरिने जहाजहरूमाथिको अमेरिकी नाकाबन्दीको पहिलो ४८ घण्टामा कुनैपनि जहाज अमेरिकी सेनालाई छलेर अघि बढ्न नसकेको बताएको हो ।
९ वटा जहाजहरूले अमेरिकी सेनाको निर्देशन पालना गर्दै फर्केर इरानी बन्दरगाह वा तटीय क्षेत्रतर्फ गएका कमाण्डले जनाएको छ । कमाण्डका अनुसार नाकाबन्दी जारी रहँदा अमेरिकी नौसेनाका जहाजहरू ओमानको खाडीमा गस्ती गरिरहेका छन् ।
साताको अन्त्यमा इस्लामाबादमा वाशिंगटन र तेहरानबीचको वार्ता अवरुद्ध भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि हर्मुज जलडमरूमा नाकाबन्दीको घोषणा गरेका थिए ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि