काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिहरूका सभापतिका उम्मेदवार टुंगो लगाएको जनाएको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता वालेन्द्र शाह पनि सहभागी हुनु भएकाे थियाे। रास्वपाले १० मध्ये ९ वटा समितिमा आफ्नै उम्मेदवार अघि सार्ने निर्णय गरेको छ भने सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दललाई छाड्ने नीति लिएको जनाएको छ।
हालसम्म कुन समितिमा कसलाई उम्मेदवार बनाइएको भन्ने विस्तृत नामावली भने सार्वजनिक गरिएको छैन। पार्टीले औपचारिक रूपमा उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।
यता सार्वजनिक लेखा समितिका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहितका विपक्षी दलहरू साझा उम्मेदवार उठाउने विषयमा छलफलमा रहेका छन्।
कुन समितिमा को ?
२) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी
३) पूर्वाधार विकास समिति– आशिष गजुरेल
४) महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी
५) राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल
६) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन
७) सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)
८) १२) संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ
९) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी
१०) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की
११) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास
१२) अर्थ समिति– कृष्णहरि बुढाथोकी






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि